रिहा भएपछि रामकुमारी झाँक्रीकाे प्रतिक्रियाः प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयाे

गज्जब नेपाल
२०७७ माघ २९, बिहीबार १९:२९

२९ माघ, काठमाडौं ।

प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री प्रहरी हिरासतबाट रिहा भएकी छन् । उनले  रिहा भएपछि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । मीनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ उनलाई रिहा गरिएको छ ।

रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका कारण आफूलाई दुव्यर्वहार गर्ने प्रयासस्वरुप पक्राउ गरिएको भन्दै उनले लोकतन्त्र पक्षधरहरुको दबावमा आफू रिहा भएको बताइन् । उनले अघि भनिन्, ‘देशभर भएको प्रदर्शन र दबावको अगाडि प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको छ । हामी जित्दैछौं ।’

महानगरीय अपराध महाशाखाको टोलीले राज्य विरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान उनलाई पक्राउ गरेको थियो ।

Next Post

ओलीको सभामा लगिएको बस भाडा तिर्न नमानेपछि गाउँपालिकाका अधिकृतमाथि अध्यक्षकाे यातना

२०७७ माघ २९, बिहीबार १९:२९
३० माघ २०७७, दोलखा माघ २३ गते प्रधानमन्त्री केपि शर्मा वली पक्षले काठमाडौंमा आयोजना गरेको सभामा कार्यकर्ता लिएर गएको बसको ‘रिजर्भ’ भाडा भुक्तानी गर्न नमानेपछि कार्यालय भित्रै हातपात प्रयास भएकाे छ । जिल्लाको दक्षिणी शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद शाहलाई कार्यालय भित्रै दुर्व्यवहार गरेका हुन् […]

याे पनि पढ्नुहाेस्