भुटानका राजाले सुरू गरेकाे खुसी अभियान बन्याे विश्वव्यापी, दक्षिण एसियामै नेपाल अग्रपंतिमा

अन्तरराष्ट्रिय खुशी दिवस दैलेखमा यसरी मनाइयाे

गज्जब नेपाल
२०७७ चैत्र ८, आईतवार

खुशी बारे पहिलो पटक सन् १९७२ मा भुटानका राजाले संयुक्त राष्ट्र संघमा बहसको विषय बनाएका थिए । सन् २०११ मार्च २० मा संयुक्त राष्ट्र संघको साधारणसभाले खुशी सम्वन्धी दृष्टिकोण पारित गरेको थियो । त्यस यता मार्च २० तारिकलाई अन्तरराष्ट्रिय खुशी दिवस मनाउन थालिएको हो । खुशी बारे पहिलो पटक सन् १९७२ मा भुटानका राजाले संयुक्त राष्ट्र संघमा बहसको विषय बनाएका थिए ।

खुशी सम्वन्धी अवधारणा ल्याउने छिमेकी देश भुटान भए पनि नेपालमा खुशी बारे प्रयाप्त छलफल भएको छैन । यद्यपी नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२१’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको हो । १४९ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल ८७ औं स्थानमा पुग्न सफल भएको हो ।

यसै सन्दर्भमा दैलेखमा पनि अन्तरराष्ट्रिय खुशी दिवस मनाइएको छ । र्कायक्रममा जिल्ला न्यायाधीशले नागरिकहरुमा महत्वाकांक्षा बढेको तर सरकारले उचित ढंगले काम गर्न नसकेको कारण विकास र शान्ति प्रभावित भएको टिप्पणी गरेका छन् । खुशी हरेक मान्छेका लागि आवश्यक छ तर राम्रो काम गरेर थोरै आमदामीमा सन्तुष्ट रहन सिकाउनुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो । राजनीतिक दुरदर्शिताको अभावले नेपालमा खुशी बारे छलफल नै नभएको नागरिक समाज दैलेखका संयोजक अधिवक्ता खड्गबहादुर सिजापतिले बताए । उनले मानव जातीको अन्तिम लक्ष्य भनेको खुसी नै रहेकोले खुसी हुन सिक्नुपर्ने धारणा राखे । नागरिकको खुसीको लागि राज्य सन्यन्त्रले तत्परता लिनुपर्ने आवश्यकता औलाए ।

कार्यक्रममा हाँस्य कलाकार तीर्थ भण्डारीले आफ्नो प्रस्तुती मार्फत खुसी हुन नसक्नेहरू माथी  व्यङ्ग्य प्रहार गरेका थिए । जीवनमा संधै खुसी देखिने एक जना स्थानीय मिस्त्री ज्ञानबहादुर थापा मगरले आफ्नो जीवन भोगाइ व्यक्त गरे । कार्यक्रममा पत्रकार अमर सुनार र मनोविमर्शकर्ता रमा श्रेष्ठ लगाएतले खुसी हुने कुरामा राष्ट्रले नीति बनाएर लाग्नुपर्ने धारणा राखेका थिए ।

Next Post

कानुनी सल्लाहकार नहुनु, न्यायीक समितिको मुख्य समस्या

२०७७ चैत्र ८, आईतवार
दैलेख, १३ चैत २०७७ जिल्लाकाका कानून व्यवसायीहरुले स्थानीय तहका न्यायिक समितिहरुले काम गर्न नसकेको गुनासो गरेका छन् । दैैलेख जिल्ला अदालतमा मेलमिलाप परिषदले गरेको अन्तर्रक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन । उनीहरुले स्थानीय तहका न्यायिक समितिहरुले आफ्नो क्षेत्राधिकारभित्र पर्ने कतिपय मुद्धाहरु समाधान गर्न नसकेको बताए । कार्यक्रममा नारायण नगरपालिकाकी उप–प्रमुख […]