भुटानका राजाले सुरू गरेकाे खुसी अभियान बन्याे विश्वव्यापी, दक्षिण एसियामै नेपाल अग्रपंतिमा

अन्तरराष्ट्रिय खुशी दिवस दैलेखमा यसरी मनाइयाे

गज्जब नेपाल
२०७७ चैत्र ८, आईतवार ०८:५९

खुशी बारे पहिलो पटक सन् १९७२ मा भुटानका राजाले संयुक्त राष्ट्र संघमा बहसको विषय बनाएका थिए । सन् २०११ मार्च २० मा संयुक्त राष्ट्र संघको साधारणसभाले खुशी सम्वन्धी दृष्टिकोण पारित गरेको थियो । त्यस यता मार्च २० तारिकलाई अन्तरराष्ट्रिय खुशी दिवस मनाउन थालिएको हो । खुशी बारे पहिलो पटक सन् १९७२ मा भुटानका राजाले संयुक्त राष्ट्र संघमा बहसको विषय बनाएका थिए ।

खुशी सम्वन्धी अवधारणा ल्याउने छिमेकी देश भुटान भए पनि नेपालमा खुशी बारे प्रयाप्त छलफल भएको छैन । यद्यपी नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२१’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको हो । १४९ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल ८७ औं स्थानमा पुग्न सफल भएको हो ।

यसै सन्दर्भमा दैलेखमा पनि अन्तरराष्ट्रिय खुशी दिवस मनाइएको छ । र्कायक्रममा जिल्ला न्यायाधीशले नागरिकहरुमा महत्वाकांक्षा बढेको तर सरकारले उचित ढंगले काम गर्न नसकेको कारण विकास र शान्ति प्रभावित भएको टिप्पणी गरेका छन् । खुशी हरेक मान्छेका लागि आवश्यक छ तर राम्रो काम गरेर थोरै आमदामीमा सन्तुष्ट रहन सिकाउनुपर्ने उहाँले आवश्यकता औल्याउनुभयो । राजनीतिक दुरदर्शिताको अभावले नेपालमा खुशी बारे छलफल नै नभएको नागरिक समाज दैलेखका संयोजक अधिवक्ता खड्गबहादुर सिजापतिले बताए । उनले मानव जातीको अन्तिम लक्ष्य भनेको खुसी नै रहेकोले खुसी हुन सिक्नुपर्ने धारणा राखे । नागरिकको खुसीको लागि राज्य सन्यन्त्रले तत्परता लिनुपर्ने आवश्यकता औलाए ।

कार्यक्रममा हाँस्य कलाकार तीर्थ भण्डारीले आफ्नो प्रस्तुती मार्फत खुसी हुन नसक्नेहरू माथी  व्यङ्ग्य प्रहार गरेका थिए । जीवनमा संधै खुसी देखिने एक जना स्थानीय मिस्त्री ज्ञानबहादुर थापा मगरले आफ्नो जीवन भोगाइ व्यक्त गरे । कार्यक्रममा पत्रकार अमर सुनार र मनोविमर्शकर्ता रमा श्रेष्ठ लगाएतले खुसी हुने कुरामा राष्ट्रले नीति बनाएर लाग्नुपर्ने धारणा राखेका थिए ।

Next Post

कानुनी सल्लाहकार नहुनु, न्यायीक समितिको मुख्य समस्या

२०७७ चैत्र ८, आईतवार ०८:५९
दैलेख, १३ चैत २०७७ जिल्लाकाका कानून व्यवसायीहरुले स्थानीय तहका न्यायिक समितिहरुले काम गर्न नसकेको गुनासो गरेका छन् । दैैलेख जिल्ला अदालतमा मेलमिलाप परिषदले गरेको अन्तर्रक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन । उनीहरुले स्थानीय तहका न्यायिक समितिहरुले आफ्नो क्षेत्राधिकारभित्र पर्ने कतिपय मुद्धाहरु समाधान गर्न नसकेको बताए । कार्यक्रममा नारायण नगरपालिकाकी उप–प्रमुख […]

याे पनि पढ्नुहाेस्