नजित्ने चुनाव नलड्ने बादलको अडान

गज्जब नेपाल
२०७८ बैशाख २३, बिहीबार २०:१६

बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा वाग्मती प्रदेशमा पुनः बादललाई उठाउने प्रस्ताव प्रस्तुत भएको थियो । तर, स्वयं बादलले आफू उपचुनावमा उठ्नका लागि चुनाव जित्ने निश्चित हुनुपर्ने बताए ।

राम बहादुर थापा (वादल)

‘बादल कमरेडले जित निश्चित हुनुपर्छ भनेर राख्नुभयो । नजित्ने चुनाव नलड्ने उहाँको अडान छ । त्यसकारण आज उम्मेदवारको टुङ्गो लाग्न सकेन’ एक स्थायी कमिटी सदस्यले भने ।

मतदताको तथ्याङ्क केलाउँदा वाग्मती प्रदेशमा एमाले एक ठाउँमा हुँदा एमालेको उम्मेदवारले जित्ने सम्भावना बढी छ । तर, एमालेभित्रको विवादका कारण माधव नेपाल पक्ष विपक्षी गठबन्धनमा सामेल भएमा केपी शर्मा ओली पक्षको उम्मेदवारले जित्ने सम्भावना कम देखिन्छ ।

नेताहरुका अनुसार एमालेभित्रकै माधव नेपाल पक्षले विपक्षी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भनेका कारण बादल चुनाव लड्नबाट हच्किएका हुन् । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र वाग्मती प्रदेशमा साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेका छन् ।

तर, माधव नेपाल पक्षका केही मतदाता विपक्षी गठबन्धनमा जान्छन् भनेर चुनावबाट डराउन नहुने बताउँछन् एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्याकुरेल । ‘माधव नेपाल पक्षका केही उता गए, उताको पनि यता आउन सक्छन्, ल्याउन सकिन्छ । चुनावबाट डराउने भन्ने कुरा त हुँदैन नि’ प्याकुरेलले भने ।

गत वैशाख १० गते बालुवाटारमै बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बादललाई नै उम्मेदवार बनाउने बताएका थिए । तर, विपक्षी गठबन्धनमा माधव नेपाल पक्ष सामेल भएपछि बादल हच्किएका हुन् ।

नेताहरुका अनुसार आफ्नो उम्मेदवारको जित निश्चित गराउन माधव नेपाल पक्षका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने विषयमा समेत शीर्ष तहमा छलफल चलेको छ । मतदताको तथ्याङ्क केलाउँदा वाग्मती प्रदेशमा एमाले एक ठाउँमा हुँदा एमालेको उम्मेदवारले जित्ने सम्भावना बढी छ ।

तर, एमालेभित्रको विवादका कारण माधव नेपाल पक्ष विपक्षी गठबन्धनमा सामेल भएमा केपी शर्मा ओली पक्षको उम्मेदवारले जित्ने सम्भावना कम देखिन्छ ।

Next Post

निषेधाज्ञा उलङ्घन गरेकाे भन्दै दैलेख प्रहरीद्वारा कुटपिट

२०७८ बैशाख २३, बिहीबार २०:१६
निषेधाज्ञा उलङ्घन गरेकाे भन्दै दैलेख प्रहरीले एकजनालाइ कुटपिट गरेकाे छ । निषेधाज्ञाकाे दोश्रो दिन विहिबार प्रहरीले सर्बसाधारणलाई अनाबश्यक हिडेको भनि कुटपिट समेत गरेको गुनासाे आएकाे छ। ‘दैलेख सदरमुकाममा केही अत्याबश्यक सामाग्री खरिद गरी डेरा तर्फ जान लाेगेकाे बेला प्रहरी हवल्दार मंगल चौधरी र अर्का जवानले कुटपिट गरे’ स्थानीय लक्ष्मि अधिकारीले […]