सुर्खेतमा कांग्रेस नेता खड्काले गरे १० लाखको स्वास्थ्य सामग्री प्रदान

गज्जब नेपाल
२०७८ असार २०, आईतवार २१:५७

सुर्खेत, असार २०

नेपाली कांग्रेसका महामन्त्री पूणर्बहादुर खड्काले पश्चिम सुर्खेतका तीन वटा पालिका र स्वास्थ्य संस्थाहरुलाई १० लाख बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट पराजित उम्मेदवार खड्काले क्षेत्र नं. २ अन्र्तगत पर्ने बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका साथै सालकोट प्राथमिक स्वास्थ्य केन्द्रसहित १६ स्वास्थ्य संस्थाहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु आफ्ना प्रतिनिधिमार्फत हस्तान्तरण गरेका हुन् ।

उनले पालिका र स्वास्थ्य संस्थाहरुलाई अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर, अक्सिजन फ्लोमिटर, पल्स अक्सिमिटर, अक्सिजन कन्सन्टे्रटरलगायतका सामाग्रीहरु उपलब्ध गराएका हुन् । ‘कोरोनाका बेला पालिका र स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामाग्री नहुँदा विरामी, तिनका आफन्त र स्वास्थ्यकर्मीहरुले दुःख भोग्नु परेको मैले अनुभव गरेँ,’ पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले भने, ‘आफै उपस्थित हुन नसकेपनि प्रतिनिधिमार्फत स्वास्थ्य सामाग्रीहरु पालिका र स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेको हुँ ।’

महामन्त्री खड्काले पञ्चपुरी नगरपालिकालाई पाँच हजार पिस माक्स, सेनिटाइजर ५ हजार एमएल ६ जर्किन, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन फ्लोमिटर ३ थान र पल्स अक्सिमिटर २ थान हस्तान्तरण गरे । यस्तै पालिकाका ४ वटा स्वास्थ्य चौकीलाई १५ सय पिसका दरले माक्स, पाँच हजार एमएलका दुई-दुई जर्किन सेनिटाइजर र एक-एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरे ।

यस्तै चौकुने गाउँपालिकालाई पाँच हजार पिस माक्स, पाँच हजार एमएलका चार जर्किन सेनिटाइजर, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर पाँच थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र पाँच लिटर अक्सिजन कन्सन्टे्रटर १ थान हस्तान्तरण गरेका छन् । यस्तै चौकुने गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्थालाई १५ सय पिसका दरले माक्स, पाँच हजार एमएलका दुई-दुई जर्किन सेनिटाइजर र एक-एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको थियो ।

बराहताल गाउँपालिकालाई पाँच हजार पिस माक्स, पाँच हजार एमएलका छ जर्किन सेनिटाइजर, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर पाँच थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र पाँच लिटर अक्सिजन कन्सन्टे्रटर १ थान हस्तान्तरण गरेका छन् । बराहताल गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्थालाई १५ सय पिसका दरले माक्स, पाँच हजार एमएलका दुई-दुई जर्किन सेनिटाइजर र एक-एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको थियो ।

सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ सय पिस माक्स, पाँच हजार एमएलका तीन जर्किन सेनिटाइजर, पल्स अक्सिमिटर २ थान र १० लिटर अक्सिजन कन्सन्टे्रटर १ थान हस्तान्तरण गरेका छन् । यस्तै महामन्त्री खड्काको पहलमा चौधरी फाउण्डेशन र नेपाल चिकित्सक संघले उपलब्ध गराएको एक-एक थान अक्स्जिन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले संकटको बेला कांग्रेस महामन्त्रीबाट प्राप्त स्वास्थ्य सामाग्रीले जनताको जीवन रक्षाका लागि महत्वपूणर् काम गर्ने विश्वास लिए । उनले चुनाव जितेका जनप्रतिनिधिहरुले कोरोना संकटका बेला एक सिलिण्डर अक्सिजनसम्म उपलब्ध गराउन नसकेको बताउँदै चुनावमा पराजय भोगेका कांग्रेस महामन्त्रीबाट प्राप्त राहत सामाग्रीहरुको विशेष अर्थ रहेको बताए । ‘चुनाव हारेका बेला पनि जनताको सेवामा निरन्तर खटिनु भएका नेपाल सरकारका पूर्व गृहमन्त्रीलाई नगरपालिकाका जनताकातर्फबाट धन्यवाद ज्ञापन गर्दछौं,’ उनले भने, ‘संकटको बेला प्राप्त सहयोगलाई जनताले कहिल्यै भूल्ने छैनन् ।’

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामाग्रीहरु किन्न पनि नपाइराखेको बेला कांग्रेस महामन्त्रीबाट निःशुल्क पाउँदा ठूलो राहतको महशुस भएको बताए । उनले संकटमा साथ दिनेलाई जनताले जहिल्यै सम्झने बताउँदै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गरे । चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले कोरोना महामारीका बेला कांग्रेस महामन्त्री खड्काले निरन्तर चिन्ता र चासो व्यक्त गर्ने गरेको बताए । ‘अघिल्लो पटकको महामारीमा पनि फोनमार्फत ढाडर दिनु भएको थियो,’ उनले भने, ‘यो वर्ष सामाग्रीनै पठाएर सहयोग गर्नुभयो ।’

लगानी पूर्वाधार, रोजगार दृष्टिकोण एवम् दीगो परियोजना केन्द्रीय विशेष समितिका सदस्य एवम् महामन्त्री खड्काका प्रतिनिधि विष्णुबहादुर खड्काले पालिका र स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, चौकुने गाउँपालिकाका प्रमुख धिरबहादुर शाही, उपप्रमुख निर्मला राना, बराहताल गाउँपालिकाका प्रमुख तेजबहादुर बस्नेत, नेपाली कांग्रेसका क्षेत्रीय सभापति लालवीर भण्डारी, प्रदेश सभापति कृपाराम थापालगायतको सहभागीता थियो ।

Next Post

कोभिड संक्रमणका कारण निधन भएका नेपाली काँग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापाको शव यात्रा

२०७८ असार २०, आईतवार २१:५७
कोभिड संक्रमणका कारण निधन भएका नेपाली काँग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापाको शव यात्रा (आइसोलेसन अस्पतालदेखि देवकोटाचोकसम्म) फोटोफिचर फोटो: हिक्मत नेपाली²