मानसिक राेगी हवल्दारलाइ डिउटिमा खटाउँदा पत्रकारमाथी दुर्व्यवहार भयाेः प्रहरी निरीक्षक सुनार

गज्जब नेपाल
२०७८ असार २२, मंगलवार १८:३१

असार २२, २०७८, दैलेख

दैलेख प्रहरीले पत्रकारमाथी दुर्व्यवहार गरेकाे भन्दै नेपाल पत्राकार महासंघ दैलेखले विज्ञप्ति जारी गरेकाे छ । सोमवार दिउँसाे दैलेख शाखाका अध्यक्ष यज्ञराज थापा र कर्णाली प्रदेश परिषद् सदस्य भरतराज अधिकारी अस्थायी बसपार्कबाट देवकोटाचोक तर्फ आउँदै गर्दा प्रहरी हवल्दार म‌गल चाैधरीले दुव्र्यवहार गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

मोटरसाइकलमा सवार पत्रकारद्धय थापा र अधिकारी माथी जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिउटीमा खटिएको हवल्दार चाैधरीले मोटरसाइकल रोकी जानाजान लाठि हान्न अादेश दिएकाे बताइएकाे छ । उक्त घटनाप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

उता जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले दुरब्यबहार गर्ने हवल्दार मानसिक रोगी भएकोले उक्त घटना घटेकाे बताउँछन् । उनले हवलदारलाइ हतियार डिउटी नखटाएको र सामान्य डिउटी मात्र खटाएको भन्दै प्रहरीकाे बचाउ गरेका थिए ।

“जनतालाई सू–सुचित गराउने पेशागत कर्ममा जुटिरहेका बेला प्रहरी हवल्दारले आफ्ना मातहतमा खटिएका जवानलाई कुनै साेधपुछ नै नगरी भाटा हान्न उर्दी जारी गरेकाे” अध्यक्ष थापाकाे गुनासाे छ । यस अघि प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले यस्तो खालको दुरब्यबहार दाेहाेरिन नदिने प्रतिबद्धता जनाए पनि पटक पटक हवल्दार चौधरीबाट यस्ताे दुरब्यबहार भोग्न परेको स्थानियले बताएका छन् ।

विज्ञप्ति

Next Post

राष्ट्रपति कार्यालयले आजै शेर बहादुर देउवालाइ प्रधानमन्त्रीकाे सपथ खुवाउँदै

२०७८ असार २२, मंगलवार १८:३१
२९ असार, काठमाडौं ।  राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री नियुक्त गर्दैछ । कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । […]

याे पनि पढ्नुहाेस्