नेपाली कांग्रेस दैलेखमा एकै परिवारका तीन जना चयन

गज्जब नेपाल
२०७८ भाद्र २०, आईतवार २०:३७

दैलेख।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि यति बेला वडा तहहरुमा अधिवेशन चलिरहेको छ । यसैबिच दैलेखकाे नारायण नगरपालिका वाड नम्बर ९ बाट एकै परिवारका तीन जना क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन हुनेमा एकै परिवारका बाबु रेशम सुनार, आमा मीना सुनार र छोरा नवीन सोनी रहेका छन ।

उनीहरु नेपाली कांग्रेसको मुक्ति सेनाको पश्चिमनकमाण्डर पूर्व सांसदसँगै कांग्रेस पाटीको भातृ संगठन दलित संघको परिकल्पनाकार एवं संस्थापक नेता रत्नबहादुर सुनारका छोरा बुहारी र नाती समेत हुन। रत्नका छोरा रेशम पार्टीको पूर्व सह–सचिव र पत्रकार डेकेन्द्र थापा हत्या विरुद्धका तेर्सो जनआन्दोलनका घाइते हुन् । रेशमका छोरा भने तरुण दल दैलेखमा आवद्ध छन् ।

उनकी श्रीमती भने मिना भने महिला संघमा आवद्ध थिइन् । पुस्ताले नै कांग्रेसमा तनमनधनसँगै खुन पसिना बगाएकोले पार्टीले थप नयाँ दिन जिम्मेवारी दिएमा पनि बहन गर्नसक्ने क्षमता रहेको रेशम बताउँछन् । आफूलाई र आफ्नो परिवारलाई वडा नम्बर ९ का क्रियाशील काँग्रेसले दिएको माया प्रति रेशमले धन्यावाद दिएका छन् ।

कतिपय जिल्लामा सर्वसम्मत र केही जिल्लाहरुमा यति बेला निर्वाचनबाटै वडा तहको नयाँ नेतृत्वको छिनाफानो भइरहेको छ । तर केही जिल्लामा नयाँ सदस्यता विवादले वडा तहको अभिवेशन अन्यौल छ ।

Next Post

बालुवाटारमा सर्वदलीय बैठक सुरू, एमालेले गर्याे बहिष्कार

२०७८ भाद्र २०, आईतवार २०:३७
काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अहिले केहीबेरमा बालुवाटारमा सुरु हुँदैछ । बैठकका लागि नेताहरु पुग्ने क्रम जारी रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसद्मा देखिएको गतिरोध हटाउनको लागि आज सर्वदलीय बैठक डाकिएको हो […]

याे पनि पढ्नुहाेस्