नौमूले गाउँपालिका दैलेखका नवनिर्वाचित अध्यक्ष छवि सुवेदीले आफुले पाउने लबभत्ताबाट अक्षयकोष स्थापना गर्ने भएका छन् । अध्यक्षको पदभार ग्रहण गर्दै सुवेदीले गाउँपालिकाबाट आफूले पाउने तलबभत्ता नलिने घोषणा गरेका हुन्।
उनले आफूले गाउँपालिकाबाट पाउने तलब र भत्ता अक्षयकोषमा जम्मा गरेर द्वन्द्व पीडित, जेहेन्दार र गरिब बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने बताए। अध्यक्ष सुवेदी नेकपा माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।