२४ घण्टामा १ सय ६३ जनामा कोरोना पुष्टि

केशबराज पाैडेल
२०७९ भाद्र २५, शनिबार १७:४५

काठमाण्डाै – नेपालमा पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप १ सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ३० जना पुगेको छ । हिजो र आज गरी ४ लाख ८० हजार ८ सय १८ जनाले कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काेराेना भाइरसका कारण पछिल्लो २४ घण्टामा कसैकाे पनि ज्यान गएकाे छैन ।

 

Next Post

ह्वेल माछासँग ठोक्किएर डुङ्गा दुर्घटना , पाँच जनाको ज्यान गयो

२०७९ भाद्र २५, शनिबार १७:४५
ह्वेल माछासँग ठोक्किएर न्युजिल्यान्डमा एउटा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । काइकोउरामा रहेको गुज बेमा आज बिहान ह्वेल माछासँग ठोक्किएर माछा मार्ने डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ । काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।डुङ्गामा ११ जना रहेकोमा […]