सल्यानको कुमाखमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

केशबराज पाैडेल
२०७९ आश्विन १५, शनिबार १३:०८

सल्यान – सल्यानको कुमाख गाउँपालिका ७ चिसापानीमा जीप दुर्घटना भएको छ ।आज बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।

दुर्घटनामा कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।गाउँपािलकाको वडा नं ७ डुमकोटबाट शारदा नगरपाकिला ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका ७ चिसापानीमा दुर्घटना भएको हो।

उकालोमा सडकमा ‘ब्याक’ गर्ने क्रममा दुर्घटना हुँदा जीप सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । घाइतेको संख्याबारे एकिन नभएको प्रहरीले जनाएको छ ।

 

Next Post

बलात्कारको आरोप लगाउने महिला प्रहरीको नियन्त्रणमा

२०७९ आश्विन १५, शनिबार १३:०८
काठमाडौं – महिलालाई हिंसा दुर्व्यवहारबाट जोगाउन बनेको कानून दुरुपयोग गर्दा एक महिला आफैँ प्रहरीको फन्दामा परेकी छन्। नवलपरासी बर्दघाट चिसापानी घर भएकी ३४ वर्षीया महिलालाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको हो। उनले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाएर एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दिएकी […]