कारागारमा लागुऔषध ओसारपसार गर्न संलग्‍न हवलदारसहित २ जना पक्राउ

केशबराज पाैडेल
२०७९ कार्तिक ११, शुक्रबार १७:५४

धनगढी – लागुऔषध ओसारपसार गरेको आरोपमा कैलाली स्थित कारागारमा २ जना पक्राउ परेका छन्। कारागारभित्र लागुऔषध ओसारपसार गरेको आरोपमा एक प्रहरी सहायक हवलदारसहित २ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले असोज ३१ मा धनगढी उपमहानगरपालिका–७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका(६ बस्ने ३३ वर्षीय यादव कुमार चौधरीको बयानका आधारमा प्रहरी सहायक हवलदारलाई पक्राउ गरिएको जनाएको छ। कारागारमै कार्यरत हवलदार अपिल भाट पक्राउ परेका हुन्।

चौधरीको बयानपछि प्रहरी सहायक हवलदार भाटलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी वेदप्रकाश जोशीले बताए।

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्युरोको टोलीले लागुऔषधसहित से३प २६८० नम्बरको मोटरसाइकलमा भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका चौधरीले प्रहरीसमक्ष उक्त लागुऔषध कारागारमा रहेका कैदी सन्तलाल डगौराका लागि ल्याएको बयान दिएका थिए।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Next Post

दुर्गम पहाडी ८ जिल्लामा मतपत्र सहितका निर्वाचन सामग्री पुग्यो

२०७९ कार्तिक ११, शुक्रबार १७:५४
काठमाडौं – आउँदो मंसिर ४ गते हुने चुनावका लागी मतपत्र लगाएत निर्वाचनका लागी आवश्यक सामाग्री ढुवानीको काम चलिरहेको छ ।निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका दुर्गम पहाडी आठ जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुर्‍याएको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णालीको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको […]

याे पनि पढ्नुहाेस्