बावुछाेरीले नै किन गरे आत्महत्या ?

गज्जब नेपाल
२०७९ पुष २४, आईतवार १७:०२

गत पुस १७ गते भैरवीकी १८ वर्षीया किशाेरी सुनिता विकले झुण्डिएर आत्महत्या गरिन । उनकाे मृत्यूकाे खबर वुवा नरेश विकले भारतमा थाहा पाए । कामकाे खाेजीमा भारत पुगेका उनी एक्कासी यस्ताे खबर सुनेपछि सम्हालिन सकेनन् । छोरीकाे शव आफु नआउन्जेल नजलाउन उनले आग्रह गरे र त्यहाँबाट हिँडे ।

छोरीकाे मृत्यूको खबरले विचलित रहेका नरेशले गाउँलेले शवको पोस्टमार्टम गरि जलाइसकेको खबर बाटैमा थाहा पाए । त्यसपछि उनी झन विचलित बने । उनले घरमा आफू नआउदासम्म छोरीको लास ‘त्यस्तै रहनदिनू’ भनेका थिए तर किन जलाएको ? अव त्यहाँ पुगेपछि तिमीहरु सबैलाई काट्छु भनेर धम्काए ।

घर आउदै गर्दा बाटोबाट फोन गरेर ‘म नआउदै लास किन जलाऊ ? तिमीहरुलाई काट्छु’ भनेर धम्क्याए पनि काजकिरियाको काम चलिरहेको बेला शनिवार दिउँसो करिव २ बजेतिर घरमा पुग्दा सामान्य अवस्थामा काजकिरियामा सहभागी भए । तर साँझ कुटपिट गर्लान् कि भन्ने डरले श्रीमति र छोराछोरीहरु छिमेकीको घरमा गए ।

श्रीमति सुना बिक, तीन छोरीहरु मनिषा (१६), गीता (१२) पवित्रा (९) र एक मात्र छोरा महेश (५) समेत छिमेकी छुपाराम बिकको घरमा गएको बेला शनिवार राति नरेशको घरमा आगलागि भएकाे देखियाे । आगलागीको विस्तृत विवरण तयार गर्न प्रहरी पुगेको बेला घरधनी ४५ वर्षीय नरेक विककाे शव पनि जलेको अवस्थामा फेला पर्याे ।

नरेश आफैले घरमा आगो लगाएको र त्यही आफू समेत जलेर ज्यान गुमाएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । श्रीमति र छोराछोरीहरु छिमेकीको घरमा गएको बेला घरमा आगो नरेश आफैले लगाए होलान् भनी अनुमान गरेकाे भैरबी गाउपालिका–४ का वडाध्यक्ष चक्रप्रसाद शर्माले बताउनुभयो ।

श्रीमति र छोराछोरीलाई निरन्तरत कुटपिट गरिरहने र फोन गरेर ‘म नआउदै लास किन जलाऊ ? तिमीहरुलाई काट्छु’ भनेर धम्क्याएको जानकारीका आधारमा नरेश आफैले घरमा आगो लगाएको र केही सामान लिन जाँदा त्यही जलेको हुनसक्ने दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो ।

नरेशले घरमा आगो लगाएर भागेको हुनसक्ने भन्ने प्रहरीमा जानकारी अनुसार खोजतलास भइरहेको थियो विहान क्षतिको विवरण लिन लाग्दा मात्र जलेर ज्यान गएको अवस्थामा फेला प¥यो प्रहरी निरीक्षक डाँगीले सुनाउनुभयो ।  नरेशले श्रीमति र छोराछोरीलाई कुटपिट गरिरहने कारणले छोरीले आत्महत्या गरेको र यही घटनासंग जोडिएर घरमा आगजनी र आफूले समेत ज्यान हालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान चलिरहेको उहाँको भनाई छ ।

घरभित्रै जलेकाे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले जानकारी दिएको छ । शनिवार राति साढे ८ बजेतिर घरमा आगो लागेको देखेपछि स्थानीयवासी र भैरवी प्रहरी चौकीबाट खटिएको टोलीले आगो निभाएकाे थियाे । आज आइतवार बिहान आगलागीको क्षतिको विवरण तयार गर्न लाग्दा घरधनी मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज एवम् प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो । घरको भित्रपट्टिको कोठामा कम्मरमुनिको भाग ढुङ्गाले च्यापिएको र माथिको शरीर पहिचान गर्न मुस्किल पर्ने गरी जलेकाे अवस्थामा फेला परेको छ ।

 

Next Post

दैलेखको भैरवीमा मुत्यूदाबी भुक्तानी कार्यक्रम सम्पन्न

२०७९ पुष २४, आईतवार १७:०२
दैलेख – दैलेखको भैरबि गाउँपालिका वडा नं. ६ निवासी वीर बहादुर रावतको छोरा रेशम रावतको २०७८ साल फाल्गुन महिनामा आफ्नै घरमा सुतिरहेको बेला एक्कासी बिरामि परे। उपचारको लागी प्रदेश अस्पताल कालागाऊ सुर्खेतमा उपचारको क्रममै रावतको हृदयघात भई मृत्यु भयको थियो । रावतले ३४ वर्षको अल्पायुमै ज्यान गुमाउदा कलिला नाबालक एक […]