भ्रामक सूचना कम गर्न फेलोशिप तालिम

गज्जब नेपाल
२०७९ माघ ७, शनिबार १९:३०

७ माघ, २०७९ दैलेख

मेडिया एण्ड ईन्फरमेसन फेलोशिप ट्रेनिङ सम्पन्न भएको छ दैलेखमा दुई दिने मिडिया एण्ड ईन्फमेसन फेलोशिप तालिम सम्पन्न भएको छ । यूनेश्को युथ मिडिया च्यान्पेन्शीपको आयोजना तथा नारायण नगरपालिका, एभरेष्ट क्लव,दैलेख र पंचकोशी ज्वाला यूवा प्रतिष्ठानकाे समन्वयमा तालिम संचालन गरिएको हो ।

दुई दिन सम्म संचालन भएको तालिमलाई सम्वोधन गर्दै नारायण नगरप्रमुख लोमन शर्माले संचार क्षेत्रको विकास संगै सामाजिक संजालको विकासले राम्रा भन्दा नराम्रा खवर तथा सुचनाहरुलाई छिटो भन्दा छिटो सम्प्रेसण गर्ने भएकाले पनि मिडिया साक्षरता आवश्यक भएको बताउनु भयो ।

साथै आगामी दिनहरुमा पनि मिडिया साक्षरता तथा तथ्य जाँच सम्वन्धमा हातोमालो गर्न नगरपालिका तयार भएको बताउनु भएको छ । त्यस्तै अधिकाँस फुर्सदिला हुन या व्यस्त प्रयोगकर्तानै किन नहोस सामाजिक सञ्जालको प्रयोगको सम्वन्धमा जान अन्जानमा भ्रामक सूचना तथा समाचार सम्प्रेसण बढेको बेलामा मिडिया साक्षरता सम्वन्धी तालिमको आयोजना गरिएको युथ मिडियो च्यान्पियन लोकेश गिरीले बताउनु भयो । त्यस्तै प्रशिक्षक समेत रहनु भएका पत्रकार अमर सुनारले भ्रामक सुचना महामारी आफैमा महामारी हो । जस्ले कसैलाई पनि हित नगर्ने भएकाले तथ्य जाँच गरि मात्र सम्प्रेसण गर्नुपर्ने बताउनु भयो ।

दुई दिन सम्म संचालन भएको तालिममा पत्रकार अमर सुनार, फोटो पत्रकार महासंघका केन्द्रिय सचिव बिशाल सुनार, फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष एवं अभियान्ता स्याम बिसी, युथ मिडिया च्यान्पियन लोकेश गिरीले बिभिन्न सेसन संचालन गर्नु भएको थियो । तालिममा सामाजिक संजाल प्रयोग कर्ताहरु,उद्यम व्यवसायमा संलग्न नव आगन्तुक उद्यमीहरु सहित २९ जनाको सहभागिता रहेको थियो ।

Next Post

सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

२०७९ माघ ७, शनिबार १९:३०
८ माघ २०७९, सुर्खेत गएराति सुर्खेतको झुप्राखोला नजिक डबल क्याप हाइलेक्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन । घाइते ४ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु […]