कसरी मर्‍यो चितुवा ?

गज्जब नेपाल
२०७९ माघ १०, मंगलवार ०८:४७

१० माघ २०७९, दैलेख

दुल्लु नगरपालिका-९ पादुका क्षेत्रमा बँदेलले किसानहरुलाई हैरान पार्‍यो । संधैजसो जंगली बँदेलले उनीहरुले लगाएको अन्नबाली र सागपात नष्ट गर्न थाल्यो । बंदेलले दुःख दिन थाले पछि उनीहरुले डिभिजन वन कार्यालय दैलेखलाई खबर पनि गरे । तर समस्या समाधान भएन । त्यसपछि दुःखी बनेका किसानहरुले एउटा जुक्ति लगाए । संधैभरी नोक्सानी बेर्होनुपरेपछि उनीहरुले बँदेललाई पासो थाप्ने निधो गरे ।

शनिबार राती उनीहरुले पासो थापे । बंदेल पर्‍योहोला भनेर आइतबार विहानै हेर्न जाँदा त उनी तिन छक परे । कारण थियो उनीहरुले थापेको पासोमा बँदेल नभएर चितुवा परेको रहेछ । कहिल्यै चितुवा नदेखेका स्थानीयहरु चितुवा हेर्न तछाड मछाड गर्दै आइपुगे । दिनभर जात्रा नै भयो । चितुवालाइ हेर्ने मान्छेहरुको भिँडभाँड थियो । अन्तत बँदेलका लागी थापेको पासोमा चितुवा परेपछि उनीहरुले डिभिजन वन कार्यालय दैलेखमा खबर गरे ।

त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जका पशुचिकित्सक डा. चित्र खड्काको टोली घटनास्थलमा आयो । टोलीले पासोमा परेर घाइते भएको चितुवाको उद्धार गर्‍यो । तर ‘उद्दार गरिएको चितुवा बर्दिया राष्ट्रिय निकुञ्ज लैजान गाडीमा आउदै गर्दा बाटैमा मरेको छ ।

फाेटाेः अमर सुनार

पशु अस्पतालमा चितुवाको पोष्टमार्टम गर्न लगाइयो,’ बर्दिया राष्ट्रिय निकुञ्जका पशुचिकित्सक डा. चित्र खड्काले भन्नुभयो । बँदेललाई थापेको पासोमा परेपछि चितुवा भाग्न खोज्दा डोरीले कसिएर पछाडिको भाग नचल्ने भएको र त्यही दुखाइले चितुवा मरेको पशु चिकित्सक डा. खड्काले बताउनुभयो ।

उपचार गर्न खोजिएको चितुवा बाटैमा मरेको कारण राष्ट्रिय आखेटोपहाड चितवनमा पठाउनका लागि मृत चितुवाको छाला काढेको र भित्री शरीर पशु अस्पताल दैलेखको हातामा गाडिएको डिभिजन वन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख वेदप्रसाद ढकालले जानकारी दिनुभयो ।

Next Post

बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प

२०७९ माघ १०, मंगलवार ०८:४७
काठमाडाैं : सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसाे २ बजेर ४५ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस गरिएको हो। भुकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हाे भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ। सदरमुकाम चैनपुरमा […]