दैलेखमा बाेलेराे जिप दुर्घटना हुँदा २ जना घाइते

तीर्थ भण्डारी
२०८१ आश्विन ६, आईतवार २०:३३

दैलेखमा बाेलेराे जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।  भे १ च २८८५ नम्बरकाे जिप दैलेख सदरमुकाम स्थित एकान्तकुना नजिकै दुर्घटना भएकाे हाे । जिप सडकबाट करिब २० मिटर तल खसेकाे छ ।

घाइतेकाे जिल्ला अस्पताल दैलेखमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले  बताएका छन् । घाइते हुनेमा दुल्लु नगरपालिका ५ का गाडी चालक बर्ष २१ का मातृका रिमाल र दुल्‍लू नगरपालिका ८ का  १८ बर्षीय धुर्ब रोकाय रहेका छन् ।  आकृति एण्ड आशिष एग्राेभेट सेन्टर दुल्लूकाे जिप रहेकाे खुलेकाे छ ।

Next Post

ठाटिकाँध कृषि तथा पशुपालन सहकारीको चौथो साधारण सभा ......

२०८१ आश्विन ६, आईतवार २०:३३
दैलेखको ठाटिकाँध गाउँपालिकाको केन्द्रमा रहेको श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा बुधबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । सहकारीमा हालसम्म ६०६ जना सेयर सदस्यहरु रहेका छन भने १३ जनाको कार्यसमिति सहित लेखा, ऋण लगाएत विभिन्न समितिहरु रहेका छन । गाउँपालिका क्षेत्रका हरेक […]

याे पनि पढ्नुहाेस्