दैलेखमा ६ हजार बढी विद्यार्थी एसईईमा सहभागी हुने, नियमसंगत नभए कारबाही गर्ने चेतावनी…

तीर्थ भण्डारी
२०८१ चैत्र ४, सोमबार १९:४०

यस वर्षकाे दैलेखमा ६ हजार १ सय ९६ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुने भएका छन् । जिल्लाका २७ वटा परीक्षा केन्द्रबाट नियमित तर्फ ४ हजार ५ सय ४ तथा ग्रेड वृद्धि तर्फ १ हजार ६ सय ९२ जनाले एसईई दिनेछन् ।

१ सय १२ सरकारी र ३ वटा संस्थागत र एउटा धार्मिक विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी रतन बिष्टले जानकारी दिए।

यही चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ।  परीक्षालाइ मर्यादित बनाउन २७ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाइ अभिमुखीकरण गरिएकाे छ । परीक्षाकाे लगभग सबै तयारी पुरा भैसकेकाे जनाइएकाे छ ।

अभिमुखीकरणमा विद्यालयको पठनपाठन पनि सञ्चालन गर्न र परीक्षालाई मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले बताए । दैलेखमा आयोजित एसईई परीक्षा केन्द्राध्यक्षहरूको अभिमुखीकरण कार्यशालामा उनले मर्यादित परीक्षाले गुणस्तर मापनमा सहयोग पुग्ने धारणा व्यक्त गरे।

एसईई परीक्षा समन्वय समितिका संयोजक तथा दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले परीक्षामा लापरवाही गर्ने वा नियतवश गलत गर्ने जो कोहीलाई कडा कारबाही गर्नुपर्ने चेतावनी दिए। दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहालले परीक्षा सुरक्षाका लागि प्रभावकारी पूर्वयोजना बनाइएको जानकारी दिँदै कुनै कठिनाई परेमा छिटो सूचना दिन आग्रह गरे।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखका कार्यालय प्रमुख रमेश मल्ल, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनार, शिक्षक महासंघका उपाध्यक्ष मणिराम पोखरेलले एसईई परीक्षालाई सुव्यवस्थित बनाउन विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र समुदायबीच सहकार्य हुनुपर्ने बताए।

Next Post

बाल न्याय प्रणाली सम्बन्धि २ दिने अभिमुखिकरण

२०८१ चैत्र ४, सोमबार १९:४०
दुल्लू नगरपालिकाले बाल न्याय प्रणाली बारे दुल्लूमा दुई दिने अभिमुखीकरण कार्याशाला सञ्चालन गरेको छ । दुल्लू नगरपालिकाको आयोजनामा भएको अभिमुखिकरणमा बोल्दै जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेले बालबालिकालाई कुलतबाट रोक्न परिवार र समुदायको मुख्य भूमिका रहेको बताउनुभएको छ । त्यसबखत बाल न्याय समन्वय समितिका सदस्य सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह […]