गज्जवको दुनियामा हामि पनि आयौँ

गज्जब नेपाल
२०७७ भाद्र १, सोमबार १७:२८

तीर्थ भण्डारी
भाद्र १, २०७७

केही वर्षयता नेपाली पत्रकारितामा संख्यात्मकसँगै गुणात्मक परिवर्तन आएको छ । पत्रकारितामा आधुनिक भनिएका अवधारणा प्रविधिमा भएका चामत्कारिक परिवर्तन, तिनको पहुँचको सहजता र पत्रकारिताले समेट्ने विषयहरुको व्यापकताले सर्वसाधारणका आशा, अपेक्षा र आवश्यकता पनि बदलिएका छन्। । आजको समाजमा गज्जव गज्जवका परिर्वनहरु भएका छन ।

यस वैज्ञानिक प्राविधिक यूगमा छिटो, छरितो र भरपर्दो ढंगबाट सत्य तथ्य सूचना प्राप्त गर्न पाउने नागरिकको अधिकारको प्रत्याभूति दिलाउने सानो प्रयास स्वरुप हामिले यस गज्जव नेपाल नामक यूट्यूव च्यानल र अनलाइन न्यूज पोर्टलको आजैबाट औपचारिक रुपमा सुरुवात गरेका छौँ ।

हामि यस सञ्चार माध्याममार्फत आजको गज्जवको विश्व, गज्जवको परिवेश, गज्जवको राजनिती, गज्जवको रितिरिवाज, गज्जवको कला संस्कृति, गज्जवका घटनाक्रम आदिलाई यहाँहरुमाझ पस्किने प्रयास गर्ने छौँ।

आशा छ हाम्रा आम पाठक तथा दर्शक महानुभावहरुले हामिलाई हरक्षण सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहुनेछ । जसले हामिलाइ बाटो विराउन दिने छैन । हामिलाई अगाडी बढ्ने हौसला प्राप्त हुनेछ । तसर्थ तपाईको गाउँ, शहर, दुनियामा भेटिएका गज्जव गज्जवका विषयवस्तुहरु हामिलाई जानकारी गराई विश्वभर फैलाउने अभियानमा सरिक हुन पनि अनुरोध गर्न चाहन्छौँ ।


हाम्रो वेवसाइटः
हाम्रो यूट्यूवः
हाम्रो फेसवकु पेजः


 

Next Post

केपी ओलीको दिव्य वाक्यले देखाएको बाटो

२०७७ भाद्र १, सोमबार १७:२८
२०७७ भाद्र १ चेतन अधिकारी ‘पार्टी अध्यक्ष बन्न महाधिवेशनसम्म पर्खनुस्, प्रधानमन्त्री बन्न अर्को चुनाव कुर्नुस्’– यो दिव्य वाक्य अहिले नेपाली राजनीतिमा चर्चाको केन्द्रमा छ । केपी ओलीका यी वाक्यमा शब्दहरु मात्र छैनन्, विधि र प्रकृयाका पक्षमा प्रबल विचार पनि छन् । यो दुई वाक्य विधि र प्रकृयाका महामन्त्र हुन् । […]