स्वास्थ्य केन्द्रको भवन १८ बर्षसम्म पनि समुदायमा गएन, पुर्व राष्ट्रपति यादवका सपना अधुरै

डाक्टर नहुँदा सिअहेव र एचएको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चल्दै

प्रेमिका सिंह
 
२०७७ भाद्र २६, शुक्रबार १३:०१ मा प्रकाशित

२०७७ भाद्र २६, दैलेख ।

१८ वर्ष पहिले पूर्व राष्टपति डा. रामवरण यादव स्वास्थ्य मन्त्री हुँदा जनताको स्वास्थ्यमा विशेष सेवा उपलब्ध गराउने लक्ष्य साथ निर्माण कार्य थालनि गरिएको प्राथमिक स्वास्थ्य केन्द्रको भवन अझैपनि पनि समुदायमा हस्तान्तरण हुन सकेको छैन । दैलेखको ठाटीकाँध गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन हालसम्म समुदायमा हस्तान्तरण नसक्दा पुर्व राष्ट्रपति रामबरण यादवका सपना अधुरै रहेका हुन् ।

क्याप्सनः दैलेखको ठाटिकाँध गाउँपालिमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको अधुरै भवन ।                                                            तस्वीरः प्रेमिका सिंह

स्वास्थ्य संस्थाबाट जनताले सेवा पाउन भन्ने उद्देश्यका साथ तत्कालिन सरकारले २०५ वटै निर्वाचन क्षेत्रमा स्वास्थ्यका लागी बजेट विनियोजन गरी निर्माण थालिएका स्वास्थ्य संस्था मध्ये समुदायमा हालसम्म हस्तान्तरण हुन नसक्दा तत्कालिन सरकाले लिएको लक्ष्य अधुरै रहेको हो ।

यादव स्वास्थ्यमन्त्रीबाट पुर्व राष्ट्रपति भइसक्दा पनि दैलेख क्षेत्र –२ ठाटिकाँध गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको भवन भने हालसम्म अधुरै रहेको छ । यादव स्वास्थ्य मन्त्री हुँदा प्राथमिक स्वास्थ्य केन्द्र साविकको लकान्द्र गाविसको भवन निर्माणका लागी बजेट विनियोजन गरिएको थियो । तत्कालिन स्वास्थ्य मन्त्रीबाट यादव राष्ट्रपति पदको कार्यकाल पनि सकिसक्यो । तर स्वास्थ्य मन्त्री हुँदा उहाँले लिनु भएको लक्ष्य भने अझै अधुरै रहेको छ ।

तत्कालिन समयमा साविकका १३ वटा गाविसका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ०५९ साल असोजदेखी भवन निर्माण गर्न थालिएको थियो । भवन निर्माण कार्यको जिम्मा पाएको किसान कन्ट्रक्सनले निर्माण कार्य पुरा नगर्दा हालसम्म अधुरै रहेको छ । ०५९ साल असोजदेखि भवन निर्माण गर्न थालिएको हो । स्वास्थ्य केन्द्रको भवन निर्माण गर्नका लागि बोलपत्र मार्फत किसान कन्ट्रक्सनले ७० लाख २५ हजार तीन सय ३९ रुपैया लागतमा ठेक्कको जिम्मा लिएको थियो ।

स्टेमेट अनुसारको ठेकेदार कम्पनीले निर्माण कार्य पुरा नगर्दा समुदायमा हस्तान्तरण हुन नसक्दा यो समस्या आएको हो । स्वास्थ्य सेवाको भवन समुदायमा हस्तान्तरण हुन नसक्दा सरकार समुदायमा आधारित स्वास्थ्य सेवा ऐन बाँझिदा त्यस क्षेत्रका जनताको स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको छ । डाक्टरको दरबन्दी भएपनि हालसम्म सम्म मन्त्रालयले पठाएको छैन ।

डाक्टर नहुँदा सिअहेव र एचएको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चल्दै आएको छ । उपकरण सेवा भएपनि डाक्टर नहुँदा विरामीहरु सदरमुकाम तथा सुर्खेत नेपालगञ्जमा उपचार गराउन जाँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ । “मेरो खुट्टा भाँचिदा नेपालगञ्ज गई उपचार गराउनु प¥यो । ५० हजार भन्दा माथि खर्च आयो । डाक्टर भई दिएको भए । सहज घर नजिकै कम रकम उपचार हुने थियो ठाटिकाँध –१ का स्थानीयबासी दिपेन्द्रकुमार बमले दुखेसो पोखे । उनले थपे,पुन एक महिना पछि पट्टी निकाल्न नेपालगञ्ज पुग्नुपर्छ ।”

अहिले गाउँपालिकाको मुकाम टाँटीकाँधमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट ओपिडी सेवा, २४ सै घण्टा ईमरजेन्सी सेवा, विरामी भर्ना गरि उपचार सेवा, निशुल्क प्रसुती सेवा, निशुल्क गर्भपतन सेवा गरिनुका साथै ल्याव सेवा, भिडियो एक्सरे, एक्सरे, एम्वुलेन्स, अक्सीजनको सेवा भएपनि डाक्टरको अभावले स्थानीयहरु सेवाबाट बञ्चित भएका छन् ।

ठाटीकाँध गाउँपालिका प्रमुख धीरबहादुर शाही भने,अख्तियारले मुद्दा परेकोले गाउँपालिकाले भवन समुदायमा हस्तारणन्तरण काम नगरेको बताए । उनले भने, स्थानीय सरकारले केही रकम विनियोजन गरि जनतालाई नियमित रुपमा सेवा दिएका छौं । मुद्दा टुङ्घो लागेपछि स्वास्थ्य सेवाको पुर्ण जिम्मेवारी लिई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्ने छौं ।

भवनमा झ्याल ढोका नभएको घाँस उम्रेको अबस्थामा किसान कन्ट्रक्सनले छोडेको अवस्थामा तत्कालिन डाक्टर विकास साहले २०७३ मा कार्यरत हुँदा ब्यक्तिगत ६० हजार खर्चेर विरामीहरुको उपचारका लागि प्रयोगमा ल्याएका थिए । उनले ८ वटा कोठा मर्मत गरी सेवा प्रवाह गरेका थिए । तर उनको कार्यकालमा जनताले निरन्तर स्वास्थ्य सेवा पाएपनि शाहको सरुवा भएपछि त्यस क्षेत्रका जनताले उपचारमा सास्ती व्यहोर्नु परेको छ ।

चामुण्डा विन्द्रासैनी नगरपालिका,आठविसनगरपालिका,ठाटिकाँध गाँउपालिका समेतलाई सेवा दिने उद्देश्यका साथ निर्माण गरिएको थियो । डाक्टर नहुँदा चामुण्डाविन्द्रासैनी नगरपालिका, आठविस नगरपालिका सम्मका विरामीहरु उपचारका लागि जिल्ला बाहिर जाने गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रको यो समस्या जिल्ला अस्पतालका प्रमुख निराजन पन्तलाई बुझ्दा मन्त्रालयले समायोजनका क्रममा आफुलाई पनि बाहिर तानि सकेको जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका ४ दरबन्दी खाली नै रहेको समायोजनको क्रममा दुल्लू अस्पतालमा मात्र १ डाक्टर पुजा विसीलाई खटाएकाले दैलेखका अधिकाँश सर्वसाधरणहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको बताए । हाल दैलेख अस्पतालमा ४ जना करार डाक्टर मात्र रहेको जानकारी दिए ।

तत्कालिन समयमा पुर्व राष्ट्रपति डाक्टर रामवरण यादव स्वास्थ्य मन्त्री हँुदा भवन निर्माण लागि रकम विनियोजन गरेपनि हालसम्म भवन निर्माण हुन सकेको छैन् । तत्कालिन समयमा ठेकेदार र प्राविधिकको मिलोमोतोमा निर्माण सम्पन्न भएको गलत प्रतिवेदन तयार पारी रातारात सवै रकम भुक्तानी गरिएको थियो । बेवारिसे भवन गौचरणमा परिणत भएको थियो । तर तत्कालिन प्रमुख डाक्टर विकास शाह डाक्टर भई स्वास्थ्य केन्द्रमा पुगेपछि स्थानीय तह,स्थानीय समुदाय र व्याक्तिगत लगानीमा पानी चुहिने र धमिरोले खाएको भवनलाई मर्मत गरि प्रयोगमा ल्याएका थिए ।

ठेकेदार कम्पनीले भवनमा काम गरेका मजदूरको ज्याला समेत नदिएरै हालसम्म वेपत्ता भएका छन् । खडकबहादुर विष्टको ९२ हजार, प्याउली रोकाया ५५ हजार लक्ष्मी थापा १ लाख ५० हजार,पुर्वबाट मजदुरी गर्न आएका मिस्त्री विष्णुमाया थकालीको ५० हजार विरबहादुर थापाको ५० हजार ज्याला लिन बाँकी रहेको मजदूरहरुको गुनासो छ । ठेकेदार ज्याला नदिएपछि १८ वर्षदेखि बेखवर छन् ।

०६३ साल असार ३० गते कार्य सम्पन्न भएको प्रतिवेदन पेश गरि ठेकेदार लोकेन्द्र शाहीले रकम भुक्तानी लिईसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अधुरो भवन सम्पन्न भएको भनी ठेकेदार विरुद्ध २०६५ मा स्थानीयले प्रशासनमा उजुरी दिएका थिए । ठेकेदारले झुठो प्रतिवेदन पेश गरि लगेको रकमको फाईल अख्तियारले कार्वाहीका लागि लगेको भएपनि हालसम्म मुद्दा टुङ्घोमा पुगेको छैन ।

ठेकेदारका लापरवाहीका कारण पुर्व राष्टपति डाक्टर रामवरण यादवको सपना पुरा नभएको र स्थानीयहरु सेवाबाट बञ्चित हुनुपरेको हो ।

Next Post

दैलेखमा घट्टयाे दर्दनाक घटना ! गाेरूकाे मुख र खुट्टा काटेकाे आराेपमा २ जना पक्राउ (भिडियाे)

२०७७ भाद्र २६, शुक्रबार १३:०१
२६ भाद्र २०७७, दैलेख रिसकाे झाेकमा एउटा निर्दाेश पशुलाइ अंगभंग हुनेगरि काटिनु कत्तिकाे जायज हाेला ? कुनैपनि मानिसहरूकाे रिसमा विचरा गाेरूकाे के दाेष हाेला र ? न त पशुले गल्ति गरेकाे थाहा पाउछ न त सजाए, तर दैलेखमा भने धारिलाे हतियारले मरणाासन्न हुने गाेरूकाे मुख, खुट्टा र पुच्छर काटिएकाे छ […]