प्रदेश नं. ५ को राजधानी दाङ बनाउने मन्त्री परिषदकाे निर्णय

गज्जब नेपाल
२०७७ आश्विन १६, शुक्रबार १४:३०

काठमाडौं, १६ असोज ।

विवादित बनेको प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङमा हुने सहमति जुटेको छ । प्रदेश नं. ५ सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले दाङ जिल्लाको भालुवाङलाइ स्थायी राजधानी बनाउने निर्णय गरेको हो ।

यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए । मन्त्रीपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश गरेर प्रदेशको राजधानी बन्ने भएको छ ।

Next Post

५ नं. प्रदेशको राजधानी दाङ प्रस्ताव भएलगत्तै बुटवलमा विरोध प्रदर्शन, सरकारी गाडी ताेडफाेड

२०७७ आश्विन १६, शुक्रबार १४:३०
बुटवल, असोज १६ प्रदेश ५ को स्थायी राजधानी दाङ प्रस्ताव भएकाे भन्दै बुटवलमा  विरोध प्रदर्शन भएको छ। ५ नं. प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव मन्त्री परिषदमा गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो । नेविसंघले प्रदेश सभा अगाडि टायर बालेर विरोध जनाएको […]