अन्तरंग तस्वीरहरु फेसबुकमा सार्वजनिक गर्न थालेपछि हत्या गरेकाे कल्पनाकाे बयान ।।

दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएर हत्या गरेकाे प्रहरीकाे भनाइ

गज्जब नेपाल
२०७७ श्रावण २७, मंगलवार

काठ्माण्डाैं

काठ्माण्डाैंकाे गाेंगबुमा भएकाे कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना मुडभरी (पौडेल)ले फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बयान दिएकी छन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको उनले वयान दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।

दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना मुडभरी (पौडेल)ले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । ज्ञवालीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् । त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न महिलालाई काठमाडौं प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

Next Post

क्वारेन्टाइनबारे व्यङ्गय कवी टेक बहादुर काेइरालाकाे झटाराे

२०७७ श्रावण २७, मंगलवार
व्यङ्गय कवि टेक बहादुर काेईरालाले “IME ७७ सालकाे गाईजात्रा” मा प्रस्तुत गर्नुभएकाे कविताः “घरमा बस्न मनै लाग्दैन” काे एक अंश