भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत रास्वपाको उल्लेखनीय चुनावी सफलताप्रति खुशी व्यक्त गर्दै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका छन् । उनले, नेपाल–भारतबीच आपसी समृद्धि, प्रगति र जनकल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् ।
मोदीले संयुक्त प्रयासबाट नेपाल–भारत सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्!


