नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली (आइतबार) दैलेख आउने भएका छन् । मध्यपहाडी लोकमार्ग अभियानका लागि अध्यक्ष प्रचण्डसहितको केन्द्रीय पदाधिकारीको टोली दैलेख आउने माओवादी जिल्ला समन्वय समिति दैलेखले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान शुक्रबार बैतडीबाट भएको छ । यसअघि तराई–मधेश केन्द्रित अभियान गरेको माओवादीले शुक्रबारदेखि ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुरू गरेको हो ।
१ गते बेलुका डडेलधुराबाट सुरु भएको अभियान अन्तरगत २ गते बैतडी, डोटी र दिपायलमा जनसभा सम्पन्न भैसकेको छ । आज अछामको मङ्गलसेनमा जनसंवाद हुँदैछ । भोली दैलेख सदरमुकाममा जनसभा हुँनेछ ।
५ गते जाजरकोटकाे खलङ्गामा जनसंवाद, ६ गते पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद हुनेछ । ७ गते पूर्वी रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थबाङमा जनसभा हुनेछ भने ८ गते बागलुङ माजनसंवाद हुनेछ । ९ गते पर्वतको कुस्मामा जनसंवाद हुने र १० गते कास्कीको पोखरामा समापन हुनेछ ।


