हिमालय मा वि तिजडाँडामा होली विशेष सँगै विद्यार्थी फेरी भेटौँला कार्यक्रम

केशबराज पाैडेल
२०८१ चैत्र १, शुक्रबार

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. १ मा रहेको श्री हिमालय माध्यामिक विद्यालय तिजडाँडाले होली विशेष कार्यक्रमसँगै विद्यार्थी फेरी भेटौँला कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयले बिहिबार होलि विशेष कार्यक्रम सँगै आफ्नो विद्यालय बाट कक्षा १० मा अध्ययनरत आगामी एसईईमा सहभागि विद्यार्थीहरुलाई फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको हाे । हिमालय माध्यामिक विद्यालयको यो तेस्रो चरणको एसईइ रहेको छ ।

उक्त कार्यक्रममा दैलेख क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य सिता कुमारी रानाले बोल्दै अहिलेका वालवालिकाहरुलाई सँस्काररुपी प्राविधिक ज्ञान दिनुको विकल्प नभएको भन्दै विज्ञान र प्रविधिले अहिलेका वालवालिकाहरुलाई नकारात्मक वाटोमा धकेलिरहेकोप्रति सबै अभिभावकहरुले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित अतिथि सोसेक नेपाल दैलेखका कार्यकारी निर्देशक हिरासिहं थापाले पछिल्लो समय विद्यालयले उल्लेख प्रगति हासिल गरिरहेको बताउनुभयो। कार्यक्रममा बोल्दै थापाले यो विद्यालय लाइ पनि सस्थागत र व्यक्तिगत तर्फबाट सहयोग गर्दै आएको र गरिरहने जानकारी दिनुभयो।

यसैगरि विद्यालयका प्रधानाध्यापक हर्क बिकले विद्यालयमा शौचालय लगाएत विविन्न भौतिक स्रोत साधनको अभाव रहेको सन्दर्भ उठान गर्दै विगतमा सोसेक नेपालले ठुलो सहयोग गरेको साथै संघसंस्था र अभिावकको सहयोगबाट विद्यालय माथी उठेको प्रति खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि वडा नं १ का वडाध्यक्ष उदे विक ले विध्यालय नगरपालिकाकै नमुना बन्दै गइरहेको बताउनुभयो। वडाध्यक्ष विकले वडामा रहेका सम्पूर्ण शैक्षिक सस्था लाई वडाकाे तर्फबाट हुनसक्ने सहयोग गरिरहने बाचा गर्नुभएको छ।

उक्त होलि तथा विद्यार्थी फेरि भेटौला (विदाई) कार्यक्रमको अवसरमा विद्यालयलाई स्थापना कालदेखी सहयोग गर्ने शिक्षाप्रेमी, अभिभावकहरु, जनप्रतिनिधिहरु लगाएत सबैलाई प्रधानाध्यापक वि क ले धन्यवाद दिनुभएको छ। कार्यक्रममा शिक्षाप्रेमी, अभिभावकहरु, जनप्रतिनिधिहरु लगाएत सरोकारवाला सबैको उपस्थिति रहेको थियो । विद्यालयले प्रतिनिधिसभा सदस्य सिता कुमारी राना र सोसेक नेपाल दैलेखका कार्यकारी निर्देशक हिरासिहं थापा लाई मायाको चिनो प्रदान गरेको थियो ।

Next Post

सिटिजन्स बैंक दुल्लूले गर्याे विद्याश्रममा निःशुल्क स्वास्थ्य परीक्षण

२०८१ चैत्र १, शुक्रबार
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, दुल्लु शाखाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ। दुल्लु नगरपालिकासँगको सहकार्यमा दुल्लु नगरपालिका १० स्थित पञ्चकोशी वेद विद्या आश्रमका विद्यार्थी सहित समुदायका करिब २०० जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्, करिब ५०,००० रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको बैंकले जानकारी दिएकाे  छ। कार्यक्रममा जिल्लाका विशिष्ट चिकित्सकहरू, […]