प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा दैलेखले गर्यो उम्मेदवार सिफारिस

गज्जब नेपाल
२०८२ पुष १२, शनिबार

पुस १२, दैलेख
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दैलेखले प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ।

 

पार्टीले दैलेखका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारीका लागि नाम सिफारिस गरी केन्द्रीय कमिटीमा पठाएको निर्वाचन संयोजक गोपाल रिजालले जानकारी दिए।

उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट अम्मर बहादुर थापा, प्रेम बहादुर कटुवाल, बिद्या ढकाल, प्रकाश अधिकारी र रमा रेग्मीको नाम सिफारिस गरिएको छ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट योगेन्द्र बहादुर शाही, उपेन्द्र कुमार रावत, तर्क बहादुर शाही, नमराज योगी, लक्ष्मी कमल न्यौपाने, हर्क थापा र रमा कार्कीको नाम सिफारिस गरी पठाइएको संयोजक रिजालले बताए।

सिफारिस भएका उम्मेदवारहरूमध्येबाट पार्टीको केन्द्रीय कमिटीले दुवै निर्वाचन क्षेत्रका लागि एक–एक जना उम्मेदवार टुङ्ग्याउने जनाइएको छ।