सिटिजन्स बैंक दुल्लूले गर्याे विपन्न विद्यार्थीलाई सहयाेग

भीम थापा मगर
२०८२ असार ८, आईतवार

दैलेख — सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको दुल्लु शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुल्लु नगरपालिका भित्रका दुई विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ।

शाखाले श्री पंचकोशी बहुप्रविधिक विद्यालय र महादेव आधारभूत विद्यालय, दुल्लुका गरी १०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो। दुबै विद्यालयका आर्थिक रूपमा कमजोर परिवारका ५०–५० जना विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको बैंकले जनाएको छ। त्यसैगरी, दुबै विद्यालयलाई आवश्यक खेलकुद सामग्री पनि हस्तान्तरण गरिएको छ।

कार्यक्रममा सिटिजन्स बैंक दुल्लु शाखाका कर्मचारीहरूले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। साथै शाखाले दुल्लु क्षेत्रका बासिन्दालाई सरल, सहज र व्यवस्थित बैंकिङ सेवाका लागि बैंकमा उपस्थित हुन आग्रह गरेको छ। सिटिजन्स बैंक दुल्लु शाखाले छोटो समयमै समाजमा सकारात्मक प्रभाव पार्ने कार्यहरूमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ।

Next Post

एसइइ नतिजा सार्वजनिकः थाहा पाउन यहाँ क्लिक गर्नुहाेस्...

२०८२ असार ८, आईतवार
२०८१ सालकाे एस इ इ काे नतिजा प्रकाशित भएकाे छ । राष्ट्रिय परीक्षा बाेर्डले नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा थाहा पाउन यहाँ क्लिक गर्नुहाेस्… SEE नतिजा थाहा पाउन यहाँ क्लिक गर्नुहाेस्