१० वर्षिय वालककाे अपिलः आर्थिक समस्याले उपचार भएन, सहयाेग चाहियाे ।।

उपचार नपाएर छट्पटिएका १० वर्षिय वालकलाई लायन्स क्लवले गर्याे २५ हजार सहयोग

गज्जब नेपाल
२०७७ भाद्र २, मंगलवार २०:१३

दैलेखमा आंखाको उपचार नपाएर छट्पटिएका १० वर्षिय वालकलाई लायन्स क्लब अफ दुल्लुले नगद २५ हजार सहयोग गरेको छ । जिल्लाको दुल्लु नगरपालिका वार्ड नम्बर–५ का भुवन खत्रीलाई आँखामा एक्कासी घाउ देखिएपछि उपचारको लागि नेपालगंज लगिएको थियो ।

नेपालगंज स्थित फत्तेवाल आँखा अस्पतालले उनलाई आँखाको ट्यूमर हुन सक्ने भएकोले काठ्माण्डौ रिफर ग¥यो । तर भुवनको परिवारको आर्थिक अवस्था निकै दयनीय भएकोले उपचारको लागि काठ्माण्डौ जान नसकेर घर फर्किएका थिए ।

१० वर्षिय वालकको यस्तो दयनीय अवस्था देखेपछि लायन्स क्लब अफ दूल्लुले सानो सहयोगले काठ्माण्डौ पठाइएको क्लवका प्रथम उपाध्यक्ष कपिल खनालले बताए ।

कोरोना कहरको यस्तो विषम परिस्थितीमा पनि विभिन्न ठाउँमा समन्वय गरेर वालकलाई काठ्माण्डौं सम्म पु¥याउन एम्बुलेन्सको व्यवस्था गरेर पठाइएको क्लवका अध्यक्ष नारायण प्रसाद उपाध्यायले जानकारी दिए ।

वालकको आँखाको उपचारको लागि व्यक्तिगत रुपमा पनि केहि सहयोग प्राप्त भएको उनले बताए । वालकको परिवारले उपचारको लागि सहयोग गर्न सबैसंग अपिल गरेका छन् ।

Next Post

राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

२०७७ भाद्र २, मंगलवार २०:१३
०३ भदौ २०७७, काठमाडौं : नेपालको राष्ट्रिय झण्डा जलाएको अाराेपमा प्रहरीले ९ जनालाइ पक्राउ गरेकाे छ । केहि समय अघि एउटा म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा नेपालकाे राष्ट्रिय झण्डा जलाए पछि देशव्यापी रूपमा विराेध भएकाे थियाे । दुई दिनअघि ‘देशद्रोही’ शीर्षकमा मंगोल हप अफिसियल युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो […]