१० वर्षिय वालककाे अपिलः आर्थिक समस्याले उपचार भएन, सहयाेग चाहियाे ।।

उपचार नपाएर छट्पटिएका १० वर्षिय वालकलाई लायन्स क्लवले गर्याे २५ हजार सहयोग

गज्जब नेपाल
२०७७ भाद्र २, मंगलवार

दैलेखमा आंखाको उपचार नपाएर छट्पटिएका १० वर्षिय वालकलाई लायन्स क्लब अफ दुल्लुले नगद २५ हजार सहयोग गरेको छ । जिल्लाको दुल्लु नगरपालिका वार्ड नम्बर–५ का भुवन खत्रीलाई आँखामा एक्कासी घाउ देखिएपछि उपचारको लागि नेपालगंज लगिएको थियो ।

नेपालगंज स्थित फत्तेवाल आँखा अस्पतालले उनलाई आँखाको ट्यूमर हुन सक्ने भएकोले काठ्माण्डौ रिफर ग¥यो । तर भुवनको परिवारको आर्थिक अवस्था निकै दयनीय भएकोले उपचारको लागि काठ्माण्डौ जान नसकेर घर फर्किएका थिए ।

१० वर्षिय वालकको यस्तो दयनीय अवस्था देखेपछि लायन्स क्लब अफ दूल्लुले सानो सहयोगले काठ्माण्डौ पठाइएको क्लवका प्रथम उपाध्यक्ष कपिल खनालले बताए ।

कोरोना कहरको यस्तो विषम परिस्थितीमा पनि विभिन्न ठाउँमा समन्वय गरेर वालकलाई काठ्माण्डौं सम्म पु¥याउन एम्बुलेन्सको व्यवस्था गरेर पठाइएको क्लवका अध्यक्ष नारायण प्रसाद उपाध्यायले जानकारी दिए ।

वालकको आँखाको उपचारको लागि व्यक्तिगत रुपमा पनि केहि सहयोग प्राप्त भएको उनले बताए । वालकको परिवारले उपचारको लागि सहयोग गर्न सबैसंग अपिल गरेका छन् ।

Next Post

राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

२०७७ भाद्र २, मंगलवार
०३ भदौ २०७७, काठमाडौं : नेपालको राष्ट्रिय झण्डा जलाएको अाराेपमा प्रहरीले ९ जनालाइ पक्राउ गरेकाे छ । केहि समय अघि एउटा म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा नेपालकाे राष्ट्रिय झण्डा जलाए पछि देशव्यापी रूपमा विराेध भएकाे थियाे । दुई दिनअघि ‘देशद्रोही’ शीर्षकमा मंगोल हप अफिसियल युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो […]