गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको ओहायो च्याप्टरको नयाँ कार्यसमिति (२०२५–२०२७) गठन भएको छ। यस कार्यसमितिको अध्यक्षमा दैलेखको महावु गाउँपालिका–३ बाँसीका विजय वुढा सर्वसम्मत निर्वाचित भएका छन्।
निर्वाचनमा अध्यक्ष वुढासहित उपाध्यक्षमा ऋद्धि खड्का, महिला उपाध्यक्षमा दुर्गा दर्जी, महिला सचिवमा सरदा ढिताल, सचिवमा विज्ञान भट्टराई र कोषाध्यक्षमा भुवन अधिकारी चयन भएका छन्। युवा संयोजकमा सागर चम्लागाई र महिला संयोजकमा सरिता रिमाल निर्वाचित भएका छन्। त्यस्तै, मनीष ढकाल, बसुदेव कोइराला, हरि पी. घिमिरे, केशव बी. खत्री, कल्पना पायाङ्गु, प्रकाश बस्तोला र चुडा आर. थापा कार्यसमितिमा सदस्यका रूपमा चयन भएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि विजय वुढाले गैरआवासीय नेपालीहरूको साथ र विश्वास नै आफ्नो शक्ति भएको प्रतिक्रिया दिएका छन्। उनले समुदायको हित, एकता र प्रगतिका लागि निरन्तर लागिरहने तथा मातृभूमीको विकासमा समेत योगदान दिने प्रतिबद्धता व्यक्त गरे।
यसअघि वुढा प्रवासी नेपाली मञ्चको अध्यक्षसमेत रहेका थिए। उनका अनुसार नयाँ टिमले ओहायोमा रहेका नेपालीहरूलाई सांस्कृतिक, सामाजिक र शैक्षिक कार्यक्रममार्फत एकतावद्ध गर्दै गैरआवासीय नेपाली समुदायको हितमा ठोस काम गर्ने योजना बनाएको छ।


