दैलेख — दैलेखमा सरकारी सेवामा लापरबाही देखिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले सोमबार गरेको छड्के निरीक्षणमा ९७ जना कर्मचारी अनुपस्थित भेटिएका हुन् । १८ वटा कार्यालयमा गरिएको निरीक्षणमा ६७ जना कर्मचारीहरु कार्यालय पोशाक विहिन भेटिएका छन् ।
निरीक्षणपछि विज्ञप्ती जारी गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले अनुपस्थित तथा पोशाक नलगाउने कर्मचारीहरूमाथि आवश्यक कारबाही सिफारिस गरिने बताएका छन् । कार्यालय प्रमुखहरुलाई समयपालन, पोशाक प्रयोग, सेवा प्रवाह सुधार र नागरिक उत्तरदायित्वका विषयमा निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
प्रशासनको सक्रियता र कडाइले जिल्लामा सरकारी सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ । यस्ता छड्के निरीक्षणलाई निरन्तरता दिनुपर्ने स्थानीयले बताएका छन् ।
छड्के निरीक्षणमा परेका कार्यालयहरूः
-
जिल्ला समन्वय समितिको कार्यालय
- कोष तथा लेखा नियन्त्रकको कार्यालय
- पुष्पलाल मध्यपहाडी राजमार्ग योजना
- शिक्षा विकास तथा समन्वय इकाई
- मालपोत कार्यालय दैलेख
- नापी कार्यालय दैलेख
- डिभिजन बन कार्यालय
- जिल्ला हुलाक कार्यालय
- पूर्वाधार विकास कार्यालय
- खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय
- स्वास्थ्य सेवा कार्यालय
- आयुर्वेद स्वास्थ्य केन्द्र
- पशु अस्पताल तथा पशु सेवा कार्यालय
- कृषि विकास कार्यालय
- उद्योग तथा उपभोक्ता हीत कार्यालय
- सामाजिक विकास कार्यालय
- नारायण नगरपालिका
-
नेपाल टेलिकम दैलेख शाखा



