काठमाडौं ।
गायक तथा संगीतकार शंकर थापाकाे नयाँ रोमान्टिक गीत रिलीज भएको छ । ‘सार्टनैको चोली’ नामक यस गीतको सार्वजनिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माले अभिनय गरेका छन् ।
‘सेल्फी हानौंला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’ जस्ता दर्जनौं गीतबाट चर्चित बनेका थापाकाे गीतमा अम्बिका गुरुङको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वरमा दीपा लामाले साथ दिएकी छन् । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् भने गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् ।
आफ्ना पहिलेका गीतहरु जसरी नै यो गीतलाई पनि दर्शक श्रोताले अत्याधिक मन पराउने गायक तथा संगीतकार थापाको बिश्वास छ । ‘सेल्फी हानौँला पछि धेरै रमाईला गीतहरुमा काम गरियो त्यो मध्ये यो एक हो । यो गीतबाट धेरै अपेक्षा गरेको छु’, थापाले बताए ।
यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।


