निशान र सोनिकाको स्वरमा पल र एलिजा अभिनित ‘आटो पिठो’ सार्वजनिक (भिडियाे सहित)

गज्जब नेपाल
२०७७ भाद्र १५, सोमबार १९:२९

१५ भाद्र २०७७, काठमाडौं

पछिल्लाे समय सर्वाधिक रूचाइएका गायक निशान भट्टराई र गायिका सोनिका लामाको स्वर रहेकाे ‘आटो पिठो’ गीत सार्वजनिक भएको छ । ‘आटो पिठो’ गीतको म्युजिक भिडियाेमा चर्चित नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेका छन् ।

साेमबार उक्त भिडियाे लाईमलाईट नेपालमार्फत सार्वजनिक गरिएको हो ।  संगीतकार दीपक शर्माको शब्द, संगीत रहेको उक्त गीतको एरेन्ज  नरेन्द्र वियोगीले गरेका छन् ।

गम्भिर बिष्टको कोरियोग्राफी रहेको भिडिओको सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका हुन् भने भिडियाेको छायाँकन रामकुमार केसीले गरेका छन् ।

भिडियाे २ घण्टा वित्न नपाउदै करिब ६० हजार दर्शकले हेरिसकेका छन् । ‘आटो पिठो’ लाइ दर्शकले अत्याधिक रूचाउने आशा गरिएकाे छ ।

भिडियाे हेराैंः

Next Post

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि

२०७७ भाद्र १५, सोमबार १९:२९
भाद्र १५, २०७७ काठमाडौँ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना भाइरसकाे संक्रमणमा परेका छन । शनीवार उनी श्रीमतीलाई ज्वरो आएपछि उपचार गराउन धापासीस्थित ग्राण्डी अस्पताल गएका थिए । सो क्रममा मेयर शाक्यले आफ्नो र श्रीमतीको पीसीआर परीक्षण गराएका थिए । अस्पतालले साेमवार मात्र उनकाे पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको […]

याे पनि पढ्नुहाेस्