दैलेखको ठाटिकाँध गाउँपालिकाको केन्द्रमा रहेको श्री ठाटिकाँध कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा बुधबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । सहकारीमा हालसम्म ६०६ जना सेयर सदस्यहरु रहेका छन भने १३ जनाको कार्यसमिति सहित लेखा, ऋण लगाएत विभिन्न समितिहरु रहेका छन । गाउँपालिका क्षेत्रका हरेक वडाहरुमा विभिन्न २५ वटा उपसमितिहरु पनी रहेका छन ।

उक्त सहकारी संस्थाले कृषि क्षेत्रमा स्थानियबासीलाई व्यवसायि बनाउने उद्धेश्यका साथ स्थापना काल देखी नै ठाटिकाँध गाउँपालिकाको सबै वडाहरुमा कार्यक्षेत्र बनाउदै उल्लेखनिय काम गर्दै आइरहेको छ । सहकारीले स्थापनाको चौथो वर्षमा समेत आशाा लाग्दो उपलव्धी हासिँल गरिसकेको छ ।
चौथो वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष दिपक कुमार रावलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई सक्षम र प्रभावकारी बनाउँदै विभिन्न गतिविधिबाट गरिब विपन्नहरुको जीवनस्तर माथी उठाउन प्रयास गरिरहेको र गरिरहने बताउनुभयो।
यस्तै ठाटिकाँध गाउँपालिकाका उपाध्यक्ष देवीराम बडुवालले सहकारी संस्थाको उक्त वार्षिक साधारण सभाको अवसरमा बोल्दै सहकारीका माध्यमबाट समग्र गाउँपालिकाका किसानहरुको जीवनस्तर माथी उठाउका लागि आफुले सबैको हातेमालोमा जोड दिने बताउनुभयो । सहकारी संस्थाको चौथो वार्षिक साधारणसभालाई उद्धघाटन गर्दै कर्णाली प्रदेशका भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रि बिनोद कुमार शाहले सहकारी खोलेर सेयर सदस्यहरु बढाउनुमात्र ठुलो कुरा नभएको स्पस्ट पार्दै संस्थाले देखिने उपलव्धी र त्यसबाट ग्रामिणस्तरका जनताको जीवनस्तर माथी उठाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
वार्षिक साधारण सभाको अवसरमा सहकारी संस्थालाई सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तीहरुलाई प्रमाणपत्र र सम्मान पत्र द्धारा सम्मान गरिएको छ । वार्षिक साधारण सभाको बन्द शत्रबाट सहकारीको नयाँ कार्यसमिति समेत चयन गरिने जनाइएको छ ।