झुसिल्किराले सालघारी सखापः स्थानीयको आयआर्जन धरापमा (फाेटाेफिचर)

गज्जब नेपाल
२०७८ जेष्ठ २४, सोमबार

“लागे चैतको मैना उराठिला बन,
डाँडाको बतास जस्तै उडि जाने मन ।”
यो लोकभाकामा भनेजस्तो चैतमा मात्रै दैलेख सदरमुकाम नजिकको जंगल उराठ थिएन गतबर्ष । पालुवा पलाउन शुरु हुने बैशाख महिनादेखि नै जंगलका सालका रुखमा झुसिल्किरा लागेपछि सिख्रै हुँदै गए । र यो बर्ष वैशाख र जेठमा पनि ती सालका रुखमा पहिलेको जस्तो पालुवा पलाएका छैनन् । केही सामुदायिक वनका सालमा पालुवा पलाएपनि फेरि कीराले खान थालेपछि सालका रुख उस्तै उराँठलाग्दा देखिन्छन् ।

हेराैं फाेटाेमा….

यो फाेटाे फिचर इन्टरन्युज / अर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिता रिपोर्टिङ कार्यशालापछी तयार पारिएको हो।‘

Next Post

राउटे यूवतीलाइ भाला रोप्छन भनेर क्रप्रचार भयाेः राउटे अधिकारकर्मी शाही

२०७८ जेष्ठ २४, सोमबार
पछिल्लाे समय सुर्खेतमा राउटे यूवतीहरू याैन दुर्व्यवहारमा परेकाे भिडियाे सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी सुरू भएका छन् । राउटेकाे संस्कृति र रितिरिवाज नबुझी असत्य र भ्रामक प्रचार सुरू भएकाे छ । याे घटना थाहा पाएपछि राउटेले यूवतीहरूलाइ मार्छन भनेर अपवाह फैलिएकाे प्रति राउटे अधिकारकर्मी भक्त बहादुर शाहीकाे गुनासाे गरेका छन् ।  […]