चर्चित पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टी

गज्जब नेपाल
२०७७ कार्तिक २३, आईतवार

२३ कार्तिक २०७७, काठमाडौं

चर्चित पत्रकार ऋषि धमलालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । धमलाले सामाजिक सञ्जाल फेसबुक मार्फत  आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनमा कोरोनाको कुनै लक्षण थिएन । कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो स्वाब परीक्षण गराएको धमलाले जनाए ।

रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष समेत रहेका धमला होम ऐशोलेशनमा बसेका छन् ।

उनले लेखेका छन्,‘आदरणीय सबैमा नमस्कार । कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’

Next Post

यस वर्षको भाइटीकाको शुभ साइत यस्तो छ

२०७७ कार्तिक २३, आईतवार
२४ कार्तिक २०७७, काठमाडौँ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि […]