राउटे यूवतीलाइ भाला रोप्छन भनेर क्रप्रचार भयाेः राउटे अधिकारकर्मी शाही

गज्जब नेपाल
२०७८ जेष्ठ ३०, आईतवार १६:०५

पछिल्लाे समय सुर्खेतमा राउटे यूवतीहरू याैन दुर्व्यवहारमा परेकाे भिडियाे सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी सुरू भएका छन् । राउटेकाे संस्कृति र रितिरिवाज नबुझी असत्य र भ्रामक प्रचार सुरू भएकाे छ ।

याे घटना थाहा पाएपछि राउटेले यूवतीहरूलाइ मार्छन भनेर अपवाह फैलिएकाे प्रति राउटे अधिकारकर्मी भक्त बहादुर शाहीकाे गुनासाे गरेका छन् ।  पछिल्लो समय सरकारी तथा गैररसकारी तहबाट यस्ता भ्रामक प्रचार हुनु राम्राे नभएकाे उनकाे भनाइ छ । शाहीले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्ः

राउटेले दैलेखको वडाखोला अस्पतालमा सुत्केरी हुन गएकी एक महिलालाई ढुंगाले हानि मारेको खबर सत्यता छैन । राउटेले ढुंगाले हानेर मारेकी ती महिलाको नाम के हो । मसँग २०६३ देखी २०७४ सम्म सबै राउटेका एक एक फोटो पनि छ । कुप्रचार गर्ने व्याक्तिले नाम भनिदिए हुन्छ । मिडियामा राउटेको कुप्रचार गर्नुपर्ने भएन । बरु के हो । २०६६ साल लाहोरे खोलामा एकजना सुत्केरी राउटेको मृत्यु भएको हो अत्याधिक रक्तश्रावले । मृतकको नाम कलु शाही हो । मृतकका श्रीमान सुरेन्द्रबहादुर शाहीको सुर्खेत दैलेख सडकखण्डमा वसको ठक्करबाट मृत्यु भईसकेको छ ।

अर्नगल नचाहिँदो प्रचार गरेर मिनिरल वाटर चाउचाउ एक दुई दिएर राउटेको संस्कार,संस्कृति र सभ्यता बुझ्नकाे लागि लामो समय राउटेसंगै विताउनुपर्ने उनकाे तर्क छ । त्यस्तै शाहीले भनेका छ्न्,  भाला रोप्छन भन्ने कुरा झन मुर्ख कुरा हाे । शाहीले भन्छनः राउटेकाे हतियारकाे नाममा तीनवटा चिज मात्र हुन्छन् , बञ्चरो,छिनो र बासुल्लो । भाला नै हुदैन । सरकारी कर्मचारी नै भाला रोप्छन भन्नु कति अनविज्ञ छन् । हुन त राउटेसँग टिकटक बनाउने कर्मचारीलाई के बोक्छन के हुन्छ भन्ने के थाहा छ । भन्दै उनले प्रश्न गरेका छन् । सरकारी कर्मचारीलाई टाढाबाट हेर्ने नजिक गएर फोटो खिच्ने पर्यटक मात्र बनेका छन् ।

Next Post

ललितपुरमा भारतीय नागरिकको हम्मर प्रहार गरि हत्या

२०७८ जेष्ठ ३०, आईतवार १६:०५
२० असार, काठमाडौं । ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने देखिएको बताइन । उनका अनुसार घरका […]