राउटे यूवतीलाइ भाला रोप्छन भनेर क्रप्रचार भयाेः राउटे अधिकारकर्मी शाही

गज्जब नेपाल
२०७८ जेष्ठ ३०, आईतवार

पछिल्लाे समय सुर्खेतमा राउटे यूवतीहरू याैन दुर्व्यवहारमा परेकाे भिडियाे सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी सुरू भएका छन् । राउटेकाे संस्कृति र रितिरिवाज नबुझी असत्य र भ्रामक प्रचार सुरू भएकाे छ ।

याे घटना थाहा पाएपछि राउटेले यूवतीहरूलाइ मार्छन भनेर अपवाह फैलिएकाे प्रति राउटे अधिकारकर्मी भक्त बहादुर शाहीकाे गुनासाे गरेका छन् ।  पछिल्लो समय सरकारी तथा गैररसकारी तहबाट यस्ता भ्रामक प्रचार हुनु राम्राे नभएकाे उनकाे भनाइ छ । शाहीले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्ः

राउटेले दैलेखको वडाखोला अस्पतालमा सुत्केरी हुन गएकी एक महिलालाई ढुंगाले हानि मारेको खबर सत्यता छैन । राउटेले ढुंगाले हानेर मारेकी ती महिलाको नाम के हो । मसँग २०६३ देखी २०७४ सम्म सबै राउटेका एक एक फोटो पनि छ । कुप्रचार गर्ने व्याक्तिले नाम भनिदिए हुन्छ । मिडियामा राउटेको कुप्रचार गर्नुपर्ने भएन । बरु के हो । २०६६ साल लाहोरे खोलामा एकजना सुत्केरी राउटेको मृत्यु भएको हो अत्याधिक रक्तश्रावले । मृतकको नाम कलु शाही हो । मृतकका श्रीमान सुरेन्द्रबहादुर शाहीको सुर्खेत दैलेख सडकखण्डमा वसको ठक्करबाट मृत्यु भईसकेको छ ।

अर्नगल नचाहिँदो प्रचार गरेर मिनिरल वाटर चाउचाउ एक दुई दिएर राउटेको संस्कार,संस्कृति र सभ्यता बुझ्नकाे लागि लामो समय राउटेसंगै विताउनुपर्ने उनकाे तर्क छ । त्यस्तै शाहीले भनेका छ्न्,  भाला रोप्छन भन्ने कुरा झन मुर्ख कुरा हाे । शाहीले भन्छनः राउटेकाे हतियारकाे नाममा तीनवटा चिज मात्र हुन्छन् , बञ्चरो,छिनो र बासुल्लो । भाला नै हुदैन । सरकारी कर्मचारी नै भाला रोप्छन भन्नु कति अनविज्ञ छन् । हुन त राउटेसँग टिकटक बनाउने कर्मचारीलाई के बोक्छन के हुन्छ भन्ने के थाहा छ । भन्दै उनले प्रश्न गरेका छन् । सरकारी कर्मचारीलाई टाढाबाट हेर्ने नजिक गएर फोटो खिच्ने पर्यटक मात्र बनेका छन् ।

Next Post

ललितपुरमा भारतीय नागरिकको हम्मर प्रहार गरि हत्या

२०७८ जेष्ठ ३०, आईतवार
२० असार, काठमाडौं । ललितपुरको सानेपामा एक जना भारतीय नगारिकको हत्या भएको छ । हम्मर प्रहार गरेर भारत, राजस्थानका ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने देखिएको बताइन । उनका अनुसार घरका […]