अछाममा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २२ पुग्यो

केशबराज पाैडेल
२०७९ आश्विन १, शनिबार

अछाम – लगातारको वर्षाले गर्दा अछाममा पहिरो आई घर पुरिदा मुत्यू हुनेको सङ्ख्या २२ पुगेको छ ।
अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको नामथर र ठेगाना प्राप्त भएको छ । तिनै पालिकामा गरी मुत्यू हुनेको सङ्ख्या २२ जना पुगेको हो ।मृत्यू हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही,सोही गाउँपालिका का १७ बर्षीय बिमला शाही,४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही,१७ बर्षीय कल्पना शाही,१३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही,३ बर्षीय कल्पना शाही,२१ बर्षीय भावना शाही र कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षीय अमृता कामी,१७ बर्षीय समिता कामी, २१ बर्षीय अर्धना कामी, ९ बर्षीय निखिल कामी,३६ बर्षीय मैनकला कामी,१५ बर्षीय गिता कामी, १२ बर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ ।
यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने २६ बर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ बर्षीय डिग्रा दमाई,३ बर्षीय कलु दमाई,४ बर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।यसैगरी घाइते हुनेमा ढकारी गाउपालिका ६ बस्ने ६२ बर्षीय हर्क वुढा,२१ बर्षीय चन्द्र देवि बुढा,१२ बर्षीय धर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ बर्षीय भक्त कामी,४२ बर्षीय ईन्द्रसिंह कामी,१२ बर्षीय कल्पना कामी,१२ बर्षीय ममता कामी, १० बर्षीय शुसिल कामी, २ बर्षीय सफलता कामी,३८ बर्षीय डिक्रा कामी,साथै कमलबजार नगरपालिका ६ बस्ने ६५ बर्षीय खटी दमाई रहेको प्रमुख प्रहरी डाँगीले जानकारी दिए ।पहिरोमा परी बेपत्ता हुनेको सङख्या ११ जना रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धि थप विवरण आउन बाँकि छ ।

Next Post

माओवादी केन्द्रले समानुपातिकको बन्दसूची तयार पार्न बनायो कार्यदल

२०७९ आश्विन १, शनिबार
काठमाडौं – नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्दसूची तयार पार्न कार्यदल गठन गरेको छ। नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको नेता गिरिराजमणि पोखरेलले बताए। कार्यदलले सिफारिस भएर आएको सूचीको अध्ययन गरेपछि भोलि बिहान बैठक बस्ने भएको छ । बैठकले […]