जेष्ठ ११, २०७९, दैलेख —
दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कालीकोटबाट सुर्खेत आउँदै गरेको म २ ख १६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका स्थित सिस्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको निर्वतमान नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए ।
अहिलेसम्म ४ जनाको शव भेटिएको छ ।’ उनले भने ।
उपाध्यायका अनुसार बस यात्रुले खचाखच भरिएका थियो । अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको दैलेखका प्रहरी नायब उपरीक्षक भुबनेश्वर प्रसाद साहले बताए। थप विवरण आउन बाँकी छ ।
बस दुर्घटनाको कारण खुलिसकेको छैन । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।