दैलेखकाे पेट्रोल खानी उत्खननका लागि चिनियाँ टोली नेपाल आउदै, २ वर्ष समय थपियाे

गज्जब नेपाल संवाददाता
 
२०७९ जेष्ठ १४, शनिबार १७:१४ मा प्रकाशित

१४ जेठ २०७९, दैलेख ।

दैलेखकाे पञ्चकाेशी ज्वाला क्षेत्रमा जारी  पेट्राेलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि समय थपिएको छ । पहिलाे चरणकाे काम सकिएपछि दुई वर्ष समय थपिएको हाे ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डाक्टर गणेशनाथ त्रिपाठीले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताउनुभयो ।

चिनियाँ टोली नेपाल आउन तयार रहेको उहाँले जानकारी दिनुभयो । देखि पानीमाथि आगो बल्दै आएको ज्वाला क्षेत्रको नाविस्थान, श्रीस्थान, कोटिला, तल्लो डुङ्गेश्वर र पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्रअरी २८ मा सम्झौता भएको थियो ।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० सिस्मिक लाइनमा सर्वेकार्य सकिएपछि अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम सुरु गर्ने भनिए पनि कोरोनाका कारण काम प्रभावित बनेको थियो ।

Next Post

दैलेख जिससमा स्वतन्त्र उम्मेदवार विजयी, बधाइ थाप्न सुरूमै एमाले पार्टी कार्यालयमा ।

२०७९ जेष्ठ १४, शनिबार १७:१४
दैलेख – जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेदवारि दिएका नमराज शाहीले विजयी हात पारेका छन । विजय भए लगत्तै उनी नेकपा एमाले दैलेखकाे पार्टी कार्यालयमा बधाइ थाप्न गएका छन् । शाही १३ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नाै मत प्राप्त गरिन । […]