पहिलाेपटक २९ दिनमै एसईई नतिजा सार्वजनिक, ६६ प्रतिशत उत्तीर्ण

तीर्थ भण्डारी
२०८३ बैशाख २८, सोमबार

काठमाडौँ।

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन राष्ट्रिष परीक्षा बोर्डले आज परीक्षा सकिएको २९औं दिनमा साँझ नतिजा सार्वजनिक गरेको हो ।

नतिजा अनुसार झण्डै ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो । यस वर्ष नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।


नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस: https://see.ntc.net.np/

Next Post

'सबै उस्तै भन्ने भाष्य लोकतन्त्रका लागि खतरा'

२०८३ बैशाख २८, सोमबार
नेपाली राजनीतिमा एक धेरै लोकप्रिय तर खतरनाक विचार बलियो बन्दै गएको छ—“सबै नेता र पार्टी उस्तै हुन्।” संसदमा हुने अवरोध, दलगत विवाद, कुर्सी केन्द्रित राजनीति र परिणामहीन बहसहरूले यो विचार जनमानसमा बलियो बनाइदिएको छ। नयाँ पुस्ताका जनप्रतिनिधिहरूले संसदभित्रको व्यवहार देखेर आक्रोश व्यक्त गर्नु स्वाभाविक हो। “यसरी त देश कहिले बन्छ?” […]