शौचालयमा लडेर दाङको तुलसीपुरमा एक महिलाको ज्यान गयो

केशबराज पाैडेल
२०७९ भाद्र २२, बुधबार २१:५१

दाङ – दाङको तुलसीपुरमा शौचालयमा लडेर एक महिलाको ज्यान गएको छ । शौचालयमा लडेर तुलसीपुर उपमहानगरपालिका ६ कपडादेवीकी ३८ वर्षीया कमला लामिछानेको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

छिमेकी दिदी नाता पर्ने तेजकुमारी लामिछानेको घरमा आज बुधवार दिउँसो शौचालय गएकी कमला एक घण्टासम्म नफर्किएपछि ढोका फोडेर हेर्दा घोप्टो अवस्थामा देखेपछि उहाँलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । अस्पताल पुर्‍याएको केहीबेरमै उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Next Post

कायर्दलको बैठक बिहान ९ बजे बस्दै ,प्रतिवेदन आजै बुझाइने

२०७९ भाद्र २२, बुधबार २१:५१
काठमाण्डौ –  सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । हिजाे बुधबार बसेकाे बैठकले टुंगाे नलगाएपछी अाज पनी बैठक बस्ने भएकाे हाे ।बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन […]