भदौ १५, मुगु
मुगुमा ट्याक्टरले ठक्कर दिंदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाकाे छायाँनाथ रारा नगरपालिका वडा न ७ मा पर्ने गोब्रेगाड नजिकै ट्याक्टर दुर्घटना भएकाे थियाे ।

साेमवार दिउसो करिव ४ बजे तिर ट्याक्टरले ठक्कर दिंदा छायानाथ रारा नगरपालिका वडा नं ७ पिना गाउका पुर्ण बहादुर बमको घटना स्थलमै मृत्यु भएको छ ।
भे १ च ६५६९ नम्वरको ट्याक्टले ठक्कर दिंदा बमको घटना स्थलमै मृत्यु भएको छायानाथ रारा नगरपालिका वडा नं ७ का अध्यक्ष हरिचन्द्र शाहीले बताए।


