कायर्दलको बैठक बिहान ९ बजे बस्दै ,प्रतिवेदन आजै बुझाइने

केशबराज पाैडेल
२०७९ भाद्र २३, बिहीबार ०७:५१

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाण्डौ –  सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

हिजाे बुधबार बसेकाे बैठकले टुंगाे नलगाएपछी अाज पनी बैठक बस्ने भएकाे हाे ।बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्ने गरी बस्ने भएको छ । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन ।

सिट बाँडफाँट लगभग टुङ्गिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि सङ्ख्या सार्वजनिक गरिने पनी उनले बताय । हिजो बेलुकासम्ममा झण्डै ९० सिटमा सहमति जुटेको छ । अन्य बाँकी सिटमा कतै दोहोरो त कतै तेहेरोको दाबी छ ।

। नमिलेका केही सिटका लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिने तयारी रहेको छ ।

Next Post

अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मा.वि स्तरीय हाजिरीजवाफ प्रतियोगिता

२०७९ भाद्र २३, बिहीबार ०७:५१
दैलेख – :  ५६ ‌औँ अन्तराष्ट्रिय साक्षरता दिवस २०७९ को अवसरमा महाबु गाउँपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा मा.वि.स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । महाबु गाउँपालिका दैलेखका उपाध्यक्ष को प्रमुख अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको हो । हाल गाउँपालिका भित्र ८ वटा माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन । […]