फोटो पत्रकार महासंघ कर्णालीको अध्यक्षमा केसी

Avatar
२०७९ भाद्र १८, शनिबार १५:४६

सुर्खेत, १८ भदौ नेपाल फोटो पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्षमा गोविन्द केसी चयन भएका छन् । महासंघको शनिवार वीरेन्द्रनगरमा सम्पन्न भेलाले केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ज्योती कटुवाल, सचिवमा तीर्थ भण्डारी, कोषाध्यक्षमा अप्सरा विष्ट, सह–सचिवमा नविन शाही चयन भएका छन् । यस्तै सदस्यहरुमा सुरेश आचार्य, रमा केसी, सिर्जना बुढाथोकी, राकेश पौडेल, विष्णु न्यौपाने, नविन पौडेल, प्रिन्स चन्द, सुरेन्द्र सिंह, टेकबहादुर शाही, छपाल लामा चयन भएका छन् ।
साधारण सभाका प्रमुख अतिथि नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य विशाल सुनार, अतिथि नेपाल पत्रकार महासंघ सुर्खेत अध्यक्ष ललित बसेलले शुभकामना दिएका थिए ।

पर्यटन प्रवद्र्धन गर्ने कुरामा फोटो पत्रकारिताको सम्भावना धेरै भएको प्रमुख अतिथि विशाल सुनारले बताए । ‘कर्णालीमा लुकेर रहेका सम्भावनाहरु फोटोको माध्यमद्वारा खोजी गर्ने र प्रवद्र्धन गरिनेछ,’ सुनारले भने ‘त्यसको लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छ ।’

हजार शब्द भन्दा एउटै फोटोले धेरै अर्थ दिने भएकाले फोटो पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेले बताए ।

कार्यसमितिका विभिन्न गतिविधिहरु संचालन गर्न, कार्य सम्पादन गर्न र सहजिकरण गर्नका सहज गर्नका लागि ७ सदस्यीय प्रदेश सचिवालय पनि गठन गरिएको छ ।

Next Post

एमालेबाट निर्वाचन क्षेत्र नं. २ मा ५ जना सिफारिस

२०७९ भाद्र १८, शनिबार १५:४६
१८ भाद्र २०७९, दैलेख नेकपा एमालेको गढ मानिएको निर्वाचन क्षेत्र नं. २ मा ५ जनाकाे नाम सिफारिस गरेकाे छ । आज बसेको प्रतिनिधि सभा समन्वय समितिको वैठकले प्रतिनिधि सभा सदस्यका लागि पाँच जनाको नाम पठाएकाे छ । सिफारिस हुनेमा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर […]