माओवादी केन्द्रले समानुपातिकको बन्दसूची तयार पार्न बनायो कार्यदल

केशबराज पाैडेल
२०७९ आश्विन २, आईतवार १५:४८

काठमाडौं – नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्दसूची तयार पार्न कार्यदल गठन गरेको छ।

नेकपा माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरेको नेता गिरिराजमणि पोखरेलले बताए।

कार्यदलले सिफारिस भएर आएको सूचीको अध्ययन गरेपछि भोलि बिहान बैठक बस्ने भएको छ । बैठकले समानुपातिकको बन्दसूची तयार पार्ने उनलेनेता पोखरेलले बताए। महासचिव गुरुङको नेतृत्वमा गठन गरेको कार्यदलमा नेता पोखरेल र वर्षमान पुन सदस्य रहेका छन्।

Next Post

अछाममा पहिरोमा परि मृत्यू भएका २३ जनाको सामूहिक दाहसंस्कार

२०७९ आश्विन २, आईतवार १५:४८
अछाम – बाढी र पहिरोमा परि २३ जनाको ज्यान गयपछी अछाम शोकमय भएको छ । शुक्रवार रातिको अविरल वर्षाका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परि एक गर्भवती, १७ बालबालिका सहित २३ जनाको ज्यान गएको थियो । पहिरोमा परि ज्यान गुमाएकाको जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै […]