अछाममा पहिरोमा परि मृत्यू भएका २३ जनाको सामूहिक दाहसंस्कार

केशबराज पाैडेल
२०७९ आश्विन २, आईतवार

अछाम – बाढी र पहिरोमा परि २३ जनाको ज्यान गयपछी अछाम शोकमय भएको छ । शुक्रवार रातिको अविरल वर्षाका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परि एक गर्भवती, १७ बालबालिका सहित २३ जनाको ज्यान गएको थियो ।

पहिरोमा परि ज्यान गुमाएकाको जिल्ला अस्पतालको चिकित्सक सहितको टोलीले सम्बन्धित ठाउँमा नै पोस्टमार्टम गरिदिएपछि उनीहरूको आज आइतवार सामूहिक दाहसंस्कार गरिएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक डीएसपी नारायण डाँगीले बताय ।अछामको कमलबजार नगरपालिका ६ विपथमा सात, वडा नम्बर ८ ढाँकुमा पाँच, तुर्माखाँद गाउँपालिका ५ नाडामा नौ, ढकारी गाउँपालिका ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एक ÷एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

पालिकाले जथाभाबी सडक खन्ने गरेका कारण अछाम जिल्ला नै पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिरो गएका आसपासका र अन्य संवेदनशील क्षेत्रमा अझै जोखिम कायमै रहेको प्रशासनले जनाएको छ ।
पहिरोमा परि घाइते भएका ११ जनामध्ये तीन जनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटी लगायतले राहत दिन थालेका छन् ।

Next Post

आज संविधान दिवस,देशभर कार्यक्रम गरी मनाइदै

२०७९ आश्विन २, आईतवार
काठमाडौं – आज असोज ३ अर्थात् संविधान दिवस। संविधान जारी भएको सात वर्ष बितेको छ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो । दिवशको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान दिवसको दिन आज सार्वजनिक बिदा दिइएको छ । संविधान दिवसका अवसरमा संविधान दिवस […]