विप्लवका कार्यकर्ताविरुद्धको सबै मुद्दा खारेज गर्ने सरकारको निर्णय

केशबराज पाैडेल
२०७९ भाद्र ३०, बिहीबार

काठमाडौं – नेपाल सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरूद्ध लगाइएको मुद्दा खारेज गर्ने निर्णय गरेको छ। गत (मंगलबार)भदौ २७ गते बसेको मन्त्रिपरिषद्‌को बैठकले मुद्दा खारेज गर्ने निर्णय नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरेर बताएका थिए।

सरकारको निर्णयको स्वागत गर्दै उनले भनेका छन्, ‘देउवा सरकार तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको, कार्यान्वयनको प्रकृया तदारूकताका साथ अगाडी बढाउने र मुद्धा खारेजीका सम्वन्धमा मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दा हरूलाई यथाशिघ्र फर्छ्योट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने भनी भएको सहमति २०७९ भाद्र २७ गते बेलुकी बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ।’

Next Post

देशभर झरी,आज देशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना

२०७९ भाद्र ३०, बिहीबार
काठमाण्डौ – देशभर झरी परीरहेको छ । आज दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा अति ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिइन । उनका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही […]