दैलेखमा आफ्नै छोरी बलात्कार गर्ने बावु पक्राउ

गज्जब नेपाल
२०७७ मंसिर २३, मंगलवार

दैलेखमा आफ्नै छोरीलाइ बलात्कार गरेको आरोपमा बावु पक्राउ परेका छन् । ३८ वर्षीय ति बावुले आफ्नै १४ वर्षीया छोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी उनले आफ्नै छोरीलाई बलात्कार गरेको बुझिएकाे छ ।

गत शुक्रबार दिउँसो साढे चार बजेतिर घरमा कोही नभएको मौका छोपी ललाइ–फकाइ आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सूचनाका आधारमा बावुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले गज्जब नेपाललाइ जानकारी दिए ।

यस विषयमा मुद्धा दर्ता भइ दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको डिएसपि श्रेष्ठले जानकारी दिए ।

Next Post

सगरमाथाको उचाइ बढ्याे, नयाँ उचाइ ८८४८.८६ मिटर

२०७७ मंसिर २३, मंगलवार
काठमाडौं : विश्वकै अग्लो हिमाल सगरमाथाको उचाइ बढेको छ। फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफलपछि सगरमाथाको बढेको उचाइ सार्वजनिक गरिएको हो। अब सगरमाथाको उचाई ८८४८.८६ मिटर भएको छ। यसअघि नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर […]