संसदबाट एमसीसी पास गर्नेगरि प्रधानमन्त्री देउवा अगाडी बढे, ओलीसँग निर्णायक वार्ता गर्दै

गज्जब नेपाल
२०७८ पुष १७, शनिबार

काठमाडौं, १७ पुष २०७८ ।

अमेरिकी सहयोग सम्झौता (एमसीसी) पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् । स्रोतकाअनुसार उनले सत्ता गठबन्धनबाट एमसीसीको विषयमा सकारात्मक प्रतिक्रिया नआएको र सहयोग नहुने देखेपछि अब प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को साथ लिनेगरि तयारी थालेका छन् ।

उनले आफूनिकट नेताहरुसँग संसदबाट पास गर्नेगरि विषयमा छलफल समेत थालिसकेका छन् । ‘आज/भोलिभित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता हुँदैछ’–स्रोतले भन्यो । पुष ११ गतेको माओवादी केन्द्रको महाधिवेशनको उद्घाटनसत्रमा नै प्रधानमन्त्री देउवाले एमसीसीको बचाउ गरेका थिए । र, यसलाई अघि बढाउनुपर्ने उनको तर्क थियो ।

उनले एमसीसी कुनैपनि हालतमा नेपालको अहितमा नरहेको पनि जिकिर गरेका थिए । उनले आफूले राष्ट्रघाती काम गरौंला र ? भन्दै उल्टै प्रश्न गरेका थिए । तर, माओवादी केन्द्रमा एमसीसीलाई लिएर चर्को विरोध र आलोचना छ ।

महाधिवेशनले प्रतिनिधिहरुले त एमसीसीको खारेजीको माग गर्दै आएका छन् । तर, सरकारको नेतृत्व गरिरहेको कांग्रेस र यसका नेतृत्व देउवाले भने अब एमालेको साथ लिएर पनि एमसीसी पारित गराउने तयारी थालेका छन् । उनले अब एमसीसीलाई धेरै अन्यौलमा नराख्ने भनेर आफूनिकट नेताहरुसँग पनि भनिसकेका छन्

Next Post

प्रधानमन्त्री देउवा, राष्ट्रका नाममा सम्बोधन गर्दै

२०७८ पुष १७, शनिबार
माघ ७, २०७८ काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उहाँले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । ६ महिने कार्यकाल […]