आज संविधान दिवस,देशभर कार्यक्रम गरी मनाइदै

केशबराज पाैडेल
२०७९ आश्विन ३, सोमबार ०७:४८

काठमाडौं – आज असोज ३ अर्थात् संविधान दिवस। संविधान जारी भएको सात वर्ष बितेको छ । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो । दिवशको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान दिवसको दिन आज सार्वजनिक बिदा दिइएको छ ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्ती शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ।

त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने छ।
तीन दिन दिवस मनाउन हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन् ।तर, यस्ता कार्यक्रमले नागरिकको दैनिकीमा भने खासै प्रभाव पार्न सकेको छैन । संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुता, आवास लगायत दर्जनौँ आधारभूत हकहरूको अनुभूति आमनागरिकले अहिलेसम्म पनि गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ । संविधान जारी भए पछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन सकेको छैन ।

 

Next Post

माओवादी केन्द्रले बुझायो समानुपातिक उमेद्वारको सूची

२०७९ आश्विन ३, सोमबार ०७:४८
काठमाडौं – नेकपा माओवादी केन्द्रले आज प्रतिनिधिसभा र प्रदेशसभा तर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। नेपाल समाजवादी पार्टीसहित ११० जना सांसदको सूची आयोगमा बुझाइएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए। उनका अनुसार ११० मध्ये ५ जना डा.बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीका छन्। डा.भट्टराई पनि माओवादीकै चिह्नबाट चुनाव लड्ने […]