माओवादी केन्द्रले बुझायो समानुपातिक उमेद्वारको सूची

केशबराज पाैडेल
२०७९ आश्विन ३, सोमबार १८:०९

काठमाडौं – नेकपा माओवादी केन्द्रले आज प्रतिनिधिसभा र प्रदेशसभा तर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। नेपाल समाजवादी पार्टीसहित ११० जना सांसदको सूची आयोगमा बुझाइएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए।

उनका अनुसार ११० मध्ये ५ जना डा.बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीका छन्। डा.भट्टराई पनि माओवादीकै चिह्नबाट चुनाव लड्ने सहमति भइसकेको छ। समानुपातिक तर्फको सूची बुझाउन महासचिव देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल पनि आयोग पुगेका थिए। उपमहासचिव पुनले पार्टीले तोकेको मापदण्ड भित्र रहेर समानुपातिक उम्मेदवारको सूची तयार पारिएको बताए।

 

Next Post

चितवनको रत्ननगरमा डेङ्गुको सङक्रमण बाट एकजनाको मृत्यु

२०७९ आश्विन ३, सोमबार १८:०९
चितवन – चितवनको रत्ननगरमा डेङ्गुको सङक्रमण बाट एकजनाको मृत्यु भएको छ। डेङ्गुको सङक्रमण बाट मृत्यु हुनेमा रत्ननगर–१ का २७ वर्षीय पुरुष छन्। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो। अध्ययनका क्रममा काठमाडौं […]