सामाजिक सञ्जालमा अफवाह नफैलाउन नेपाल प्रहरीको आग्रह

केशबराज पाैडेल
२०७९ भाद्र २८, मंगलवार

काठमाण्डौ –  सामाजिक सञ्जालमा चर्चा भएको जस्तो बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना नरहेको भन्दै अफवाह नफैलाउन नेपाल प्रहरीले आग्रह गरेको छ ।

केही दिन अगाडी देखि सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा बच्चा चोरी गर्ने गिरोह सक्रिय रहेको चर्चा चलेपछि प्रहरीको साइबर ब्युरोले सूचना निकालेर अफवाह नफैलाउन आग्रह गरेको छ ।

ब्युरोले सूचनामा सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न अनुरोध पनि गरेको छ ।

 

Next Post

नारिताका लागी उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाण्डौ फर्कियो

२०७९ भाद्र २८, मंगलवार
काठमाण्डौ –  जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाण्डौ फर्किएको छ । १ सय ८४ जना यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखियपछी जहाज काठमाण्डौ फर्किएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै […]