किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेकाे आरोपमा ६ जना पक्राउ

गज्जब नेपाल
२०७७ भाद्र २५, बिहीबार

भदौ २५, २०७७
राैतहट – किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेको आरोपमा ६ जना रौतहटबाट पक्राउ परेका छन् ।


दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरी चौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ता नेतृत्वमा गस्ती टोलीले परोहा नगरपालिका–७ बाट गएराति पक्राउ गरेको हो ।बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेको अवस्थामा जाँच गर्दा शंका लागेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका-५ की यादव थरकी १८ वर्षकी किशोरीसहित मौलापुर नगरपालिका-८ का २० वर्षका अनिल पटेल, २० वर्षकै दीपेन्द्र पटेल, वडा नम्बर ५ मौलापुरका १९ वर्षका अरविन्द ठाकुर, २० वर्षका धनञ्जय तिवारी, १७ वर्षका दीपेश यादव र २२ वर्षका रामबालक पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । उनीहरु सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पनि शाहले जानकारी दिनुभयो ।

Next Post

२४ घण्टामा ९५ हजार ७३५ सङ्क्रमित थपिए

२०७७ भाद्र २५, बिहीबार
भदौ २५, २०७७ काठमाण्डाै – भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ९५ हजार सात सय ३५ जनामा सङ्क्रमण देखिएको हो । भारतमा एकैदिन सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । कोभिड–१९ सङ्क्रमणका कारण भारतमा पछिल्लो २४ […]